प्रथम चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दो प्रतियोगिताको उपाधि नेप्लिजलाई « Khabarhub

प्रथम चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दो प्रतियोगिताको उपाधि नेप्लिजलाई


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि  नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले हात पारेको छ । ८ स्वर्ण, ७ रजत र १ कांस्य जित्दै एनटीए समग्रमा एनटीए टिम च्याम्पियन बनेको हो ।

श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगितामा  ३ स्वर्ण, ४ रजत र ४ कांस्यसाथ चन्द्रागिरी दोश्रो भयो। तेश्रो स्थानमा चित्त बुझाएको एम्बासडरले समान ३–३ स्वर्ण, रजत र कांस्य जितेको छ ।

गोकर्णेश्वर नगरपालिकाको प्रायोजन तथा गोकर्णेश्वर नगर खेलकुद विकास समिति र गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा भएको प्रतियोगिताको पुरुषमा एनटीएका भिजन तामाङ तथा महिलामा कोटेश्वरकी इशिका राणा उत्कृष्ट खेलाडी घोषित भए। 

भिजनले एकल पुम्से र ३२ केजीमुनि तथा इशिकाले ५० केजीमुनि स्वर्ण जिते। दुवैले जनही ५ हजार नगद पुरस्कार हात पारेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ७ : ५४ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको