हिमपहिरोमा परी यार्सा टिप्न हिँडेका तीन जना बेपत्ता « Khabarhub

हिमपहिरोमा परी यार्सा टिप्न हिँडेका तीन जना बेपत्ता


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

मुगु – हिमपहिरोमा परी जुम्लाका तीन व्यक्ति बेपत्ता भएका छन् । जुम्लाको पातारासी गाउँपालिका वडा नं २ तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्तामा भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले जानकारी दिए ।

पन्ध्र जनाको टोली बनाई मुगुको पाटनमा यार्सा टिप्न गएकामध्ये उनीहरु मुगु कार्मारोङ्ग गाउँपालिका–२ च्यार्खु लेकमा आज बेपत्ता भएको अध्यक्ष बोहोराले बताए ।

“दिउँसो खबर आएसँगै इलाका प्रहरीचौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के कसरी घटना भयो ? हिउँपहिराका कारण हो कि अन्य कारण हो ? बेपत्ताको अवस्था के छ ? प्रहरी पुगेमात्र आधिकारिक जानकारी आउनेछ”, जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले भने ।

मुगुका पाटनमा यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने सूचना गरे पनि यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन् । बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  १० : २७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना