जलवायु परिवर्तनले जीवनको अस्तित्व नै सङ्कटमा « Khabarhub

जलवायु परिवर्तनले जीवनको अस्तित्व नै सङ्कटमा


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हरेक वर्ष जलवायु परिवर्तनको नकारात्मक असर हटाउन प्रत्येक देशले कार्बन उत्सर्जनको मात्रालाई घटाउने प्रतिबद्धता व्यक्त गर्छन्। संसारका प्राय देशले विश्व वातावरण दिवसको दिन यस्तो प्रतिबद्धता व्यक्त गर्ने गरेका छन्। तर, व्यवहारमा भने त्यस अनुसारको काम गर्ने कुरामा धेरै देश चुक्ने गरेका छन्।

यसरी प्रतिविद्धताको बाबजुद चुक्नेमा संसारमा प्राय देश छन्। गृष्म ऋतुका दिनहरु त अझै आउन बाँकी नै छ। संसारभरी डढेलो र तातो हावाको प्रभाव कस्तो हुने हो भन्ने हेर्न बाँकी नै छ। तर पनि अहिलेसम्म उखरमाउलो गर्मीले संसारका प्राय देशका बासिन्दा आजित भइसके। प्रिइन्डस्ट्रीयल युगबाट १.५ डिग्री सेल्सियसको तापक्रम वृद्धि साँच्चै कठिन हो।

पाँच वर्ष यता आएर यो वर्ष त्यो १.५ डिग्रीको सीमा पनि पार हुने चेतावनी वैज्ञानिकहरूले दिइसकेका छन्। तसर्थ संसारभरका सबै मानव जाती नै अबको एक या दुई महिनामा सो कठिन दिनको प्रतीक्षा गरेर बस्नुको विकल्प नै नरहन पनि सक्छ।

आगामी नोभेम्बरमा कोप २८ को आयोजना हुँदै छ। यस सम्मेलनमा संसारभरी सबै देशका अधिकारीले आफ्नो योजना अगाडी ल्याउने छन्। त्योभन्दा अघि नै गृष्म ऋतुको यो विकराल समस्याले हामी सबैलाई सताउने छ। यसमा कुनै शङ्का नै छैन। अहिले प्रशान्त महासागरीय क्षेत्रमा यसको प्रभाव र असर देखिएको छ। प्री औद्योगिक समय भन्दा अहिले धेरै नै बढी यस्तो समस्या देखिएको छ।

४० वर्ष अघिको तुलना गर्ने हो भने सबैभन्दा उच्च गर्मीको तापक्रम ४० वर्ष यता दुई गुणा नै वृद्धि भएको छ। यो क्रम अझ बढ्ने चेतावनी वैज्ञानिकहरूले दिन थालेका छन्। नासाको दक्षिणी क्यालिफोर्नियाको ल्याबमा बसेर अध्ययन गरी रहेका कोलीन रेमन्ड त यो मात्रा अझै धेरै बढ्न सक्ने चेतावनी दिन्छन्। उनकै अनुसार त अबको केही वर्षमा पृथ्वीमा भयङ्कर ठूलो समस्या नै आउन सक्ने छ।

तापक्रम पूर्वानुमान गर्न विभिन्न शैलीको प्रविधि प्रयोगमा आएका छन्। केही दिनको तापक्रम त संसारका धेरै देशमा सहजै अनुमान गर्न थालिएको छ। तर, सिङ्गो संसार नै कुन दिशामा गई रहेको छ र यसले कस्तो जोखिम उत्पन्न गराएको छ भन्ने कुराको मापन गर्ने कार्य भने साँच्चै कठिन हो।

मानिसको जीवन यापनको शैलीका कारण अझ भनौँ हामी सुविधाभोगी हुँदै गए पछि भएको औद्योगिक विकासले हाम्रो जीवन धेरै अर्थमा सहज त बनाएको छ। तथापि यसले जलवायु प्राकृतीक रूपमा जस्तो हुनु पर्ने हो भने त्यो भन्दा फरक भएको छ। मानिस प्राकृतिक जीवनभन्दा बढी विलासिताको जिन्दगीमा मोहित हुने क्रममा गरेको कर्मले प्रकृतिले पनि आफ्नो नियमित कुरामा खलबली ल्याएको छ। प्रकृतिमा आएको यो परिवर्तन नै जलवायु परिवर्तन हो।

जलवायु परिवर्तनका धेरै असर मध्यको सबै भन्दा मुख्य असर नै तापक्रममा हुने वृद्धि हो। यसको मुख्य कारण उद्योगका कारण वातावरणमा बढेको कार्बनको मात्रा हो। यसै कार्बनका कारण तापक्रममा प्रत्येक ऋतुमा असर गरेको छ।

जीवाश्म इन्धनका कारण उत्पन्न हुने कार्वनडाइ अक्साइडले सूर्यबाट आउने प्रकाशमा मिसिने अवसर पाउँछ। यसैले तापक्रममा वृद्धि गराउँछ। यो तापक्रम वृद्धि यस कारण पनि घातक छ की हाम्रो निम्ति उपयोगी मानिएको सूर्यको प्रकाश पनि हामीसम्म आइपुग्दा कार्बनडाइअक्साइड मिसिएको हुन्छ। यसै कारण अहिले गम्भीर प्रकृतिको रोगको मात्रा बढी रहेको छ।

१९ औ शताब्दीबाट २० औ शताब्दीमा पुग्दा तापक्रममा १.१ डिग्री बढेको थियो। १.५ डिग्रीको मात्रा यसै वर्ष पार गरे यसले गर्ने असरको त कल्पना गर्न पनि कठिन हो। अबको केही महिनामा यसको असर देखिनु पर्ने नै हुन्छ।

अहिले वैज्ञानिकहरूले सन् २१०० सम्म तापक्रम बृद्धीलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने योजना बनाएका छन्। तर त्यो पनि २ डिग्री सेल्सियससम्म वृद्धि हुने जनाइएको छ। २२ औ शताब्दीको अन्त्यसम्ममा २.४ डिग्री सेल्समयसम्म तापक्रम वृद्धि हुने अनुमान गरिएको छ। यसको असर पूर्वी अफ्रिकामा परेको छ। वर्षामा आएको कमीका कारण २ करोड २० लाख जनाको त ज्यान नै जोखिममा छ।

फ्रान्स र जर्मनीमा गर्मीका कारण जमिनमा नै आगो बल्ने अवस्था धेरै पटक आएको छ। पहिले पानी नै जम्ने साइबेरियाजस्तो स्थानबाट पनि कार्बन उत्सर्जनको समस्या बढेको छ। चीन पाकिस्तान र नाइजेरियामा बाढीको प्रकोप त्यत्तिकै देखियो।

गत वर्ष प्रकाशित एक रिपोर्टका अनुसार १० देखि १५ प्रतिशत जीवको अस्तित्व नै संकटमा परिसकेको छ। यो शताब्दीमा ५०० प्रजातिका जीव नास हुने प्रक्षेपण वैज्ञानिकहरूले गरी सकेका छन्।

यस विषम परिस्थितिको कारक मानिस आफैँ हो। यसमा ध्यान नदिए कतै मानव अस्तित्व नै सङ्कटमा त पर्ने होइन भन्ने चिन्ता गर्ने समय पनि आइसकेको छ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ८ : ५९ बजे

सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध

किमाथांका–  सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध

एसीसी महिला प्रिमियर कप : हङकङले दियो नेपाललाई ११० रनको लक्ष्य

काठमाडौं– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच

अफ्रिकामा इबोलाको खतरा बढ्दो, कङ्गोमा २० हजार संक्रमित पुग्न सक्ने चेतावनी

किन्सासा– अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारी थप गम्भीर

सडक सञ्जालमा जोडियो अपि

दार्चुला– अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३