ट्रम्पलाई चुनौती दिँदै पूर्व उपराष्ट्रपति चुनावी मैदानमा « Khabarhub

ट्रम्पलाई चुनौती दिँदै पूर्व उपराष्ट्रपति चुनावी मैदानमा


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बासिंगटन डिसी – अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारका लागि धेरैले दाबी सुरु गरेका छन्।

यसैक्रममा पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि रिपब्लिकन पार्टीको पक्षबाट राष्ट्रपतिको उम्मेदवारीका लागि दाबी प्रस्तुत गरेका छन्। पेन्सले स्थानीय समय अनुसार मनोनयनका लागि कागजी कार्य पूरा गरेका हुन्। पेन्सको दाबिले रिपब्लिकन पार्टी भित्रका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अगाडि अर्को चुनौती खडा गरेको छ। अब ट्रम्पसँग उनको प्रत्यक्ष भिडन्त हुन सक्ने देखिएको छ।

मिडिया रिपोर्टका अनुसार पेन्सले बुधबार औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेर आफ्नो अभियान सुरु गर्ने तयारी गरेका छन्। माइक पेन्सले पूर्व राष्ट्रपति ट्रम्पसँग उपराष्ट्रपतिको रूपमा काम गरेका छन् र उनी ट्रम्पका कट्टर समर्थक थिए। अब अमेरिकाको सबैभन्दा पुरानो पार्टीमा ट्रम्पलाई चुनौती दिन उनी अगाडी आएका छन्।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ७ : २२ बजे

चीनद्वारा २० जापानी संस्था कालो सूचीमा, दोहोरो उपयोग सामग्रीको निर्यातमा प्रतिबन्ध

बेइजिङ- चीनले थप २० जापानी संस्थालाई आफ्नो निर्यात नियन्त्रण (कालो सूची)

नारामा धानमा आत्मनिर्भरता तर, वर्षेनी अरबौँको धान चामल आयात

काठमाडौं– आज देशभरी २३ औैँ राष्ट्रिय धान दिवस मनाइँदैछ ।

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम

किसानका समस्या समाधान गर्नुपर्छ : संयोजक प्रचण्ड

ललितपुर- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७