ट्रम्पलाई चुनौती दिँदै पूर्व उपराष्ट्रपति चुनावी मैदानमा | Khabarhub Khabarhub

ट्रम्पलाई चुनौती दिँदै पूर्व उपराष्ट्रपति चुनावी मैदानमा


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बासिंगटन डिसी – अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारका लागि धेरैले दाबी सुरु गरेका छन्।

यसैक्रममा पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि रिपब्लिकन पार्टीको पक्षबाट राष्ट्रपतिको उम्मेदवारीका लागि दाबी प्रस्तुत गरेका छन्। पेन्सले स्थानीय समय अनुसार मनोनयनका लागि कागजी कार्य पूरा गरेका हुन्। पेन्सको दाबिले रिपब्लिकन पार्टी भित्रका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अगाडि अर्को चुनौती खडा गरेको छ। अब ट्रम्पसँग उनको प्रत्यक्ष भिडन्त हुन सक्ने देखिएको छ।

मिडिया रिपोर्टका अनुसार पेन्सले बुधबार औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेर आफ्नो अभियान सुरु गर्ने तयारी गरेका छन्। माइक पेन्सले पूर्व राष्ट्रपति ट्रम्पसँग उपराष्ट्रपतिको रूपमा काम गरेका छन् र उनी ट्रम्पका कट्टर समर्थक थिए। अब अमेरिकाको सबैभन्दा पुरानो पार्टीमा ट्रम्पलाई चुनौती दिन उनी अगाडी आएका छन्।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ७ : २२ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना