विवाहको पहिलो रातमै हृदयाघातबाट दुलाहा-दुलहीको निधन | Khabarhub Khabarhub

विवाहको पहिलो रातमै हृदयाघातबाट दुलाहा-दुलहीको निधन


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

बहराइच  – उत्तर प्रदेशको बहराइच जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ। गत बिहीबार नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु भएको छ।

प्रहरी रिपोर्टका अनुसार विवाहको पहिलो रात नै दुलहा र दुलहीलाई हृदयाघात भएको थियो। दुवैको शव हनिमुनको ओछ्यानमा लडिरहेको अवस्थामा फेला परेको थियो। दुवैको एउटै चितामा दाहसंस्कार गरिएको छ।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार मे ३० मा २४ वर्षीय प्रताप यादवको २२ वर्षीया पुष्पा यादवसँग विवाह भएको थियो। मे ३१ गते बेलुका बेहुला लिएर घर फर्किए। विवाहपछिका सबै संस्कार पूरा गरी सोही रात दुवै कोठामा सुत्न गए। भोलिपल्ट बिहान दुवै हनिमुनको ओछ्यानमा मृत फेला परेका थिए।

रिपोर्टमा भनिएको छ कि उनको मृत्युको कारण पत्ता लगाउन फरेन्सिक विशेषज्ञहरूको टोलीलाई कोठाको जाँच गर्न बोलाइएको थियो। कैसरगञ्ज प्रहरी स्टेशनका इन्स्पेक्टर राजनाथ सिंहले भने, ‘कोठामा जबरजस्ती प्रवेश गरेको वा दम्पतीको शरीरमा चोटपटकको कुनै चिन्ह थिएन, जसले उनीहरूको मृत्युमा कुनै अपराधलाई संकेत गर्छ।’

यसैबीच हृदयघातको पोष्टमार्टम रिपोर्टको नतिजाले भने धेरैलाई आश्चर्यमा पारेको थियो। मृत्युको कारण पत्ता लगाउन फरेन्सिक विज्ञको टोलीले कोठा र परिस्थितिको थप जाँच गरिरहेको प्रहरीले जनाएको छ। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ७ : ५६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका