चिरायु अस्पतालले गर्‍यो संगीत रोयल्टीको सम्झौता « Khabarhub

चिरायु अस्पतालले गर्‍यो संगीत रोयल्टीको सम्झौता


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल, संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र चिरायु अस्पतालबीच रोयल्टी संकलन सम्बन्धमा सोमबार सम्झौता भएको छ।

प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी संकलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा र संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा अस्पतालका निर्देशक सञ्जीवराज भण्डारीबीच अस्पतालमा गीत संगीतको सार्वजनिक प्रयोग भएवापत रोयल्टी संकलनको सम्झौता भएको हो।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष मगरले अस्पतालले तीनवटै सिएमओका सदस्यहरुलाई उपचारमा हुने छुटको समेत महत्वपूर्ण सम्झौता गरिएको बताए। ‘प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम गठित हाम्रो संस्थाले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत संगीतको सार्वजनिक प्रयोग भएवापत सिर्जित संगीत रोयल्टी संकलनको काम गरिरहेका छौं’, उनले भने,‘अस्पतालमा सेवाग्राहीको सुविधाका लागि राखिएका टेलिभिजनमा विभिन्न श्रव्यदृश्य गीत संगीतको प्रसारण हुने भएकाले ती प्रसारित सामाग्रीवापतको रोयल्टीका विषयमा सम्झौता भएको हो।’

उनले आगामी दिनहरुमा समाजले पहिचान गरेको गीत संगीतको सार्वजनिक प्रयोग हुने सम्पुर्ण क्षेत्रहरुमा सम्झौता गर्दै जाने उल्लेख गरे। अस्पतालका निर्देशक भण्डारीले नेपाली गीत संगीतको श्रीवृद्धिका लागि गरिने रोयल्टी संकलनमा अस्पतालले पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे।

सम्झौता कार्यक्रममा अस्पतालका बिजनेश डेभलप्मेन्ट म्यानेजर हिमाल राना, आईटी अफिसर बसन्त खनाल, एडमिन अफिसर लक्ष्मी अधिकारी, बिजनेश डेभलप्मेन्ट अफिसर नवराज भुजेल, मार्केटिङ अफिसर किरण फुयाल र फ्रन्ट अफिसर इन्चार्ज सृष्टि डंगोलको उपस्थिति थियो।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ९ : ०९ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या