क्यानडामा प्रकाश सपुतको सकम्बरी साँझ « Khabarhub

क्यानडामा प्रकाश सपुतको सकम्बरी साँझ


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक प्रकाश सपुतले क्यानडामा प्रस्तुति दिने भएका छन्।

आफ्नो लोकप्रिय गीत ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा रहेका गायक प्रकाशले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’ मा आफ्नो प्रस्तुति दिँदै छन्।

आँगन इभेन्ट्स एण्ड झुमर इन्टरटेनमेन्ट कर्पोरेशनको आयोजनामा गायक प्रकाश पहिलो पटक क्यानडा प्रस्तुत हुँदैछन्। ‘क्यानडा आउँदैछु। निकै खुशी छु, यहाँ आफ्नो प्रस्तुति दिनेछु’, गायक प्रकाशले भने,‘अन्य देशमा बारम्बार प्रस्तुति दिएता पनि क्यानडामा भने पहिलो पटक प्रस्तुत हुँदैछु।’ उनी आफ्नो प्रस्तुतिलाई लिएर उत्साहित छन्।

कार्यक्रममा प्रकाशसँगै स्थानीय कलाकर्मीले आफ्नो प्रस्तुति दिनेछन्। दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’ स्थापित भएका प्रकाशको प्रस्तुति हेर्न क्यानडामा रहेका नेपाली प्रतीक्षारत रहेको आयोजक ज्ञान भण्डारीले जानकारी दिए। ‘प्रकाशजीलाई प्रत्यक्ष सुन्न र हेर्न हामी प्रतीक्षा गरिरहेका छौँ। उहाँको गीतहरू नेपाल झैँ क्यानडामा पनि लोकप्रिय छन्’, ज्ञानले भने। उनी नेपाली गतिविधिमा सक्रिय रहेर नेपाली कला र संस्कृतिलाई क्यानडामा प्रवर्द्धन गर्न तत्पर युवा व्यवसायी हुन्।

उनले यो कार्यक्रम गर्नुको उद्देश्य ब्राम्प्टनमा रहेको पशुपतिनाथ मन्दिरलाई सघाउनु रहेको बताए। ‘हाम्रो उद्देश्य नै संस्कृति र कलाको प्रवर्द्धन हो। कार्यक्रमबाट आर्जन भएको मुनाफा पशुपतिनाथ मन्दिर ब्राम्प्टनलाई हस्तान्तरण गर्ने छौ।’ मिलक्रिक रोड, मिसीसागामा रहेको स्वागत ब्याङ्कवेट हलमा हुने कार्यक्रममा प्रवेशवापतको शुल्क क्यान्डीयन ३० (तीस) डलर राखिएको छ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ९ : १९ बजे

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र