गर्मीमा विद्यालय बन्द नगरेपछि प्रहरी पठाइयो | Khabarhub Khabarhub

गर्मीमा विद्यालय बन्द नगरेपछि प्रहरी पठाइयो


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो। उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुनेगरी आइतबारदेखि २३ गते मङ्गलबारसम्म बन्द गरिएको सूचना जारी गरेको थियो।

उक्त सूचनाविपरीत पठनपाठन सञ्चालन गरेको जनाउँदै आदर्श माध्यमिक विद्यालय नेपालगञ्ज, जयबागेश्वरी बोर्डिङ स्कुललगायतका विद्यालयमा नगर प्रहरी पठाएर बन्द गराइएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाको सूचनाविपरीत पढाइ सञ्चालन भएपछि उपमहानगरपालिकाले ती विद्यालयमा नगर प्रहरी पठाएको थियो। नगर प्रहरी प्रमुखको नेतृत्वमा नगर प्रहरी बन्द गराउन विभिन्न विद्यालयमा आइतबार पुगेका थिए।

आदर्शले गर्मीयाममा विद्यार्थीका लागि कक्षाकोठामा ‘एसी’ चलाउनुपर्ने जनाउँदै मासिकरुपमा दुई सय रुपैयाँ विद्युत्को अलग शुल्क लिने गरेको छ। विद्यालय बन्द गराउन पुगेका नगर प्रहरीलाई विद्यालय प्रशासनले गर्मीमा पठनपाठनमा सहज गराउनका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको र गर्मीले विद्यार्थीलाई खासै असर नगर्ने जवाफ दिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए।

नगर प्रहरी पुगेपछि ती विद्यालयले सोमबारदेखि लागू हुने गरी गर्मी बिदा गरेका छन्। आदर्श माध्यमिक विद्यालयले अभिभावकलाई पठाएको नोटिसमा अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले विद्यालयको आगामी समयमा हुने बर्खे बिदा कट्टी हुने गरी यही जेठ २२ गते सोमबारदेखि २३ गते मङ्गलबारसम्म विद्यालय बन्द रहने उल्लेख छ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ९ : २७ बजे

म्यान्माद्वारा आर्थिक वर्ष पाँच लाख टन हरियो चना निर्यात

याङ्गुन– म्यान्माले आर्थिक वर्ष सन् २०२३–२४ मा पाँच लाख तीन

वर्तमान सरकार अहिलेजस्तै निरन्तर अगाडी बढ्छ : अध्यक्ष नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार

ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेन्ट संचालक पक्राउ

पोखरा– ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका पोखरा

टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ो प्रस्ताव- धनगढीमा पनि गरौँ

धनगढी– धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको

म्यान्मामा विस्थापितहरूको सङ्ख्या ३० लाख  पुग्याे : राष्ट्रसङ्घ

याङ्गुन–  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले