बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको छैन : अर्थमन्त्री « Khabarhub

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको छैन : अर्थमन्त्री


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले बजेट निर्माणमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि जवाफ दिँदै अर्थमन्त्री महतले आफूले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश नगराइएको र कसैलाई लाभ हुने गरी करका दर पनि हेरफेर नगरेको बताए । 

आफ्नो इमान्दारिमा एक इन्च पनि नहल्लिएको भन्दै बैठकमा उनले भने, ‘इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरू पछि लागेका छन् । भएको यही हो ।’

बजेट बनाउने बेला विचौलियालाई छेउमा पनि आउन नदिएको भन्दै उनले पूर्वनासु श्रेष्ठलाई सरकारले नै नियुक्त गरेको र इन्ट्री गर्ने कार्यमा खटाइएको जानकारी दिए ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  २ : ५९ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले