ललिता निवास प्रकरणमा पक्राउ परेकाको बन्दीप्रत्यक्षीकरण रिट ‘हेर्न नमिल्ने’मा « Khabarhub

ललिता निवास प्रकरणमा पक्राउ परेकाको बन्दीप्रत्यक्षीकरण रिट ‘हेर्न नमिल्ने’मा


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललिता निवास जग्गा प्रकरणमा हिरासतमा रहेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले पेश गरेको बन्दीप्रत्यक्षीकरण मुद्दाको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइको पेसी तोकिएको उक्त रिट हेर्न नमिल्नेमा परेको हो ।

आफूहरूलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दाबीसहित हदम्याद कटिसकेको मुद्दामा आफूहरूलाई पक्राउ गरिएको प्रश्न उठाएर उनीहरूले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए । 

न्यायाधीश रेग्मी ललिता निवासको जग्गा प्रकणमा मुछिएकाले उनी संलग्न इजलासले यो मुद्दा हेर्न नमिल्ने भएको हो। यसअघि गत मंगलबार पनि यो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।

आफूहरुलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित दर्ता गरेको रिटमा गत शुक्रबार सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो ।

यसअघि ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका ९ जनालाई संगठित अपराधमा अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  १२ : ४४ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी