प्रधानमन्त्री प्रचण्डको राजीनामा सोच्न पनि सकिन्न : मन्त्री शर्मा | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डको राजीनामा सोच्न पनि सकिन्न : मन्त्री शर्मा


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा सोच्न पनि नसकिने बताएकी छिन् । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने पनि प्रष्ट पारिन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सम्बन्धित व्यक्तिले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पारिसकेकाले यो उठाउनुपर्ने विषय नै नभएको भन्ने प्रमाणित भएको बताइन् ।

“प्रधानमन्त्रीले धेरै पहिलेको प्रसङ्ग उल्लेख गर्नुभएको हो । सम्बन्धित व्यक्तिले पनि यसबारेमा स्पष्ट पारिसक्नुभएको छ, यो उठाउनुपर्ने विषय होइन भन्ने प्रमाणित भएको छ । प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय पनि होइन, उहाँले राजीनामा पनि दिनुहुँदैन”, मन्त्री शर्माले भनिन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री दाहालले एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।

मन्त्री शर्माले एमालेले संसद् अवरुद्ध गरिरहँदा सरकारले ल्याएको मिटरव्याज विरुद्धको अध्यादेश निष्क्रिय हुन पुगेको उल्लेख गर्दै यो प्रधानमन्त्रीले राजीनामा दिने विषय नै नभएको बताइन् । “एउटा कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई आधार बनाएर संसद् अवरुद्ध गर्न हुँदैन”, उनको भनाइ थियो ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ५ : १८ बजे

सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई 

काठमाडौं– सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको समर्थन गुमाएको सुदूरपश्चिम प्रदेश

मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित

सिरहा– असार २० सकिँदासम्म पनि सिरहाका अधिकांश खेतहरू अझै सुख्खा

प्रदेश अस्पताल पर्वतमा ३५ वर्षपछि विशेषज्ञ सेवा

पर्वत– सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट

नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह

काठमाडौं– बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित उच्चस्तरीय नेपाल–युके टेक फोरममा

तेलङ्गना राज्यप्रमुखले नेपालीमा मन्तव्य दिँदै भने- ‘ढाकाटोपी लाउने देख्दा परिवारजस्तै लाग्छ’

केही दिन अगाडि काठमाडौंबाट दिल्ली हुँदै भारतको हैदरावाद पुगेँ। नेपालबाट