कोशीमा सरकार गठन गर्दा सभामुखको समर्थन पेश गरिने विषय असंवैधानिक : नेता कोइराला | Khabarhub Khabarhub

कोशीमा सरकार गठन गर्दा सभामुखको समर्थन पेश गरिने विषय असंवैधानिक : नेता कोइराला


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार गठन गर्दा लिखित रूपमा सभामुखको समर्थन पेश गरिने विषय असंवैधानिक हुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता डा. कोइरालाले सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमसमेतको समर्थन देखाएर सरकार गठनको प्रस्ताव गरिएको विषयलाई लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासन विपरित हुने बताएका हुन् ।

प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोहि पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाइ जानकारी दिन सकिने व्यवस्था रहेको उनले उल्लेख गरेका छन् ।

प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरी पठाउने कुराको संवैधानिक व्याख्या नभएको उनको भनाइ छ ।

‘सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संबैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त बिपरित हुन जान्छ।’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ६ : १८ बजे

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता

अमेरिकामा बाढीले १३ जनाको मृत्यु

टेक्सस – अमेरिकाको टेक्सस सहरमा आएको बाढीका कारण १३ जनाको

१७ वर्षपछि एकै फिल्ममा काम गर्दै अक्षय र सैफ

काठमाडौं – बलिउडका दुई नायक अक्षय कुमार र सैफ अली

पाँच प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विराट र रोहितपछि भारतको क्रिकेटमा शुभमन र वैभवको चमक

भारतीय क्रिकेट समर्थकका माझ एउटा प्रश्न तेर्सिएको थियो। एकै पटक