महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप  | Khabarhub Khabarhub

महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप 


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ । जिल्लाभर २० हजार भन्दा बढी मानिस यो रोगबाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने यो रोग विशेषगरी विद्यालयमा अध्ययनरत विध्यार्थीहरुमा बढी देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन । चिकित्सकहरूले आँखा रातो हुने, कचेरा लाग्ने, टासिने, आँशु बगिरहने र घाम वा उज्यालोमा हेर्न अप्ठ्यारो हुने रोगको लक्षण भएको जानकारी दिएका छन् ।

यो रोगको प्रकोप तिव्रगतिमा फैलिए पछि निको नहुन्जेल रोग लागेका विद्यार्थीहरूलाई घरमा राख्न अभिभावकहरूलाई अनुरोध गरेको एभरेस्ट बोर्डिङ्ग बर्दिबासका सञ्चालक अरुण कार्कीले जानकारी दिए । 

सो रोग फैलने क्रम तिव्र भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा अझ यो रोग फैलने क्रममा रहेको चिकित्सकहरूले बताएका छन ।

अहिले जिल्लाका क्लिनिक र अस्पतालहरू आँखा उपचार गराउन आउनेले भरिने गरेको छ । बर्दिबास सरकारी अस्पतालमा मात्र यो रोग उपचार गराउनेको संख्या दोब्बरले वृद्धि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : ३५ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा