विचार र कार्यशैलीमा माओवादी फरक छ भन्ने सन्देश दिनुपर्छ | Khabarhub Khabarhub

विचार र कार्यशैलीमा माओवादी फरक छ भन्ने सन्देश दिनुपर्छ


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुन तस्करीका लागि नेपाल केन्द्र बनेको भन्दै धेरैले चासो दिएका छन् । यसमा माओवादी नेताको संलग्नता रहेको भन्दै समाचार आइरहेका छन् । जारी केन्द्रीय समिति बैठकमासमेत यो विषय उठेको छ । माओवादीको केन्द्रीय समितिको बैठक, बैठकका एजेन्डा, बैठकमा केन्द्रीय सदस्यले राखेका धारणा र नेताको प्रतिवादका विषयमा आधारित भएर माओवादी युवा नेता हिमाल शर्मासँग गोविन्द खड्काले गरेको कुराकानीको सम्पादित अंश :

माओवादीको केन्द्रीय समितिको बैठक बस्न किन एक वर्ष लाग्यो ?
पहिला पनि माओवादीको केन्द्रीय समितिका बैठक बसिरहेका थिए । तर अहिले व्यवस्थित हिसाबले बसिरहेको छ । एजेन्डाको हिसाबले केन्द्रीय समितिको बैठक बसेको हो । यो बैठकमा विशेष महाधिवेशनका एजेन्डा छन् । विधानलाई व्यवस्थित गराउन, विधान सम्मेलन र सङ्गठनका कुराहरू छन् । सरकारका कामलाई कसरी अगाडि बढाउने र जनतालाई कसरी डेलिभरी दिने भन्ने विषयमा केन्द्रित छलफल गर्न अहिले व्यवस्थित ढंगले बैठक बसेको हो ।

माओवादीको केन्द्रीय समितिको बैठकमा तपाईंले के-के बोल्नु भयो ?
सरकारमा गइसकेपछि मान्छेहरूले पिठो पनि बेचेका छन् वा सानो काम गर्दा पनि ठुलो चर्चा पाएका छन् । अहिले देशमा सबै माओवादीका एजेन्डा छन् । तर पनि हामीले चामल बेच्न सकेका छैनौँ । केही गर्न सकेका छैनौँ । अरूलाई दोष दिएर हुँदैन । हामी साँघुरिँदै जानुमा संगठन निर्माणमा ढंग नपुगेकै हो । हामीले यो मुलुकले शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ र त्यो जनताले प्रत्यक्ष चुन्नुपर्छ भनेर भनेका छौँ । तर पार्टीको नेतृत्व बनाउँदा पुँजीवादी भन्दा खराब तरिकाले बनाएकाले जनता असन्तुष्ट छन् प्रचण्डले अब यो भ्रष्टाचारलाई अन्त्य गर्न सुशासन कायम गर्न अरूलाई दोष दिएर मात्र हुँदैन । आफ्नो टाउकोमा पहिला आफै आगो सल्काउँछु भनेर यो उद्घोष गर्नुभएको हो । त्यो गम्भीर कुरा हो ।

सुन काण्डमा माओवादीका नेताको नाम जोडिएर आएको छ । यो विषयलाई कसरी अगाडि बढाउने ?
कोही नेता सुन तस्करीमा संलग्न छ भने कारबाही हुनुपर्छ । आरोप मात्र लगाएर हुँदैन छानबिन गर्नुपर्छ । छानबिन गरेर यसको टुंगो लगाउनुपर्छ । त्यस्तो निकायले कि त प्रश्न उठाउनु भएन प्रश्न उठिसकेपछि छानबिन गर्नुपर्छ । सुन तस्करको सूचना दिनेलाई राम्रोसँग छानबिन गरियो भने मालिक सजिलै पत्ता लाग्छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले नै स्वतन्त्र छानबिन गर्न निर्देशन दिइसक्नु भएको छ । यो विषय छानबिन हुनैपर्छ ।

त्यो विषयमा प्रहरीलाई गृहमन्त्रीले त्यो भन्दा अगाडि प्रक्रिया बढाउन किन निर्देशन दिनु भएन ?
छानबिन गर्ने निकायले प्रमाण खोज्छ । फोन गरेको र भेटेको आधारमा मात्र गर्दैन । जो सुन प्रकरणसँग प्रत्यक्ष जोडिएका व्यक्तिसँग निरन्तर सम्पर्कमा भएको पनि अनुसन्धान गरेको होला । गरेको भए त्यो सार्वजनिक होस् ।

सुन प्रकरणसँग जोडिएको विषय व्यक्ति मात्र वा एउटा मात्र पक्षले गर्दा सम्भव होला ?
एक्लै सम्भव छैन । यो सुन आउने प्रक्रिया सरकारले समातेर सार्वजनिक भएको हो । यो धेरै पहिलादेखि नै आएको हो । सेटिङ नभई यो सम्भव छैन । भरिया पक्राउ परेका छन् । पहिला बोक्ने मान्छे नै पक्राउ हुनुपर्छ । विस्तारै मालिक पत्ता लाग्छ । यो सूचना जसले दियो त्यो मान्छेलाई त सबै थाहा छ । त्यसलाई यसको मालिक को हो भन्ने थाहा छ । यसको मालिक नेपाली होइन । सुन किन्ने भारत बेच्ने को हो गहन अनुसन्धान हुनुपर्छ । वैज्ञानिक हिसाबले जहाँबाट सूचना आयो त्यहाँ छानबिन गरियो भने यो सबै कुरा पत्ता लाग्छ । गृहमन्त्रीले भन्सार कार्गोबाट सामान आउने ठाउँमा प्रहरी राख्नुपर्छ भन्नुभएको छ । भन्सारको सेटिङ तोड्न जाँच गर्ने व्यक्तिको पहिचान गर्नु हुँदैन । व्यक्ति पहिचान हुँदा भन्सारबाटै तस्करी भएको देखिन्छ ।

प्रधानमन्त्रीले यो विषयमा तपाईंहरूलाई के भन्नुभएको छ ?
त्यस्तो छैन । आफूसँग लोभ भयो भने मात्र डर हुन्छ रे ! उहाँले त्यसलाई पैताला मुनि राख्नु भएको छ । यो कुरामा स्पष्ट छानबिन गर्न निर्देशन गर्नुभएको छ । यसलाई न्यूनीकरण गर्न उहाँमा आँट छ । अहिले नागरिक सचेत छन् । नेतृत्वले आँट गर्दा प्रशासनमा पनि काम राम्ररी हुँदै गएको छ।

यो बैठकपछि माओवादी साँच्चै माओवादी भएर जनताको सामु जान्छ ?
हाम्रो पार्टी कांग्रेस एमाले जस्तो होइन । जनताले लडेर दुःख पाएर हाम्रो पार्टीमाथि आस्था राखेर यो व्यवस्था ल्याएका हुन् । तर अहिले आएर अब यिनीहरू कांग्रेस र एमाले जस्तै हुन भन्ने भएको छ । अब हामी विचार, सङ्गठन र कार्यशैलीका हिसाबले फरक हौँ भन्ने देखाउने बाटोमा जानुपर्छ । यो सन्देश केन्द्रीय समिति बैठकले प्रष्टसँग दिन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १ : २३ बजे

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

दार्चुला – दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् ।

बाँझो जग्गामा ड्रागन फ्रुट, मनग्य आम्दानी

बागलुङ – कालीगण्डकी नदी किनार खनियाबासस्थित पाँच रोपनी बाँझो जग्गाले