महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतकी देविका नियुक्त « Khabarhub

महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतकी देविका नियुक्त


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नियुक्त भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान(ले आइतबार बिहान यसबारे जानकारी दिएको हो ।

क्यानले आगामी अगस्ट र सेप्टेम्बरमा मलेसियामा हुने आईसीसी महिला विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि देविकालाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको हो। नेपालले पहिलो पटक महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो । उनी काठमाडौं आइसकेकी छन् ।

नेपालले अगष्ट २८ देखि ९ सेप्टेम्बरसम्म छनोट खेल खेल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् भने समूह ‘बी’ मा, चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १२ : २१ बजे

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि धमाधम काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा