लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

लागूऔषधसहित दुई जना पक्राउ


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- डडेल्धुराबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

अछामको साँफेबगर नगरपालिका–४ का २९ वर्षीय अशोक स्वार र अछामकै चौरपाटी गाउँपालिका–४ का ३२ वर्षीय गणेश धामी लागुऔषधसहित पक्राउ परेका हुन्। आइतबार बिहान डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेबाट दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

धनगढीबाट अछाम जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०३ ००१ प ००८४ नम्बरको मोटरसाइकलमा सवार स्वार र धामीलाई चेकजाँच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। ‘दुवै जनाबाट प्लाष्टिकसहित शून्य दशमलव ८३० ग्राम लागुऔषध बरामद गरिएको हो।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ११ : ०२ बजे

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय