किन झुन्ड्याइन्छ पसलमा कागती र खुर्सानीको माला ? « Khabarhub

किन झुन्ड्याइन्छ पसलमा कागती र खुर्सानीको माला ?


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

मानिसहरूले आफ्नो पसल छिर्ने गेटमा वा ढोकामाथि कागती र खुर्सानीको माला झुन्ड्याउने गर्छन् । तर किन झुन्ड्याइन्छ त ? यसको कारण के होला ? हामी जो कोहीको मनमा उठ्ने प्रश्न हो तर हामी यसको कारण धेरैलाई थाहा नहुन सक्छ । 

कतिपयले यसलाई व्यापार व्यवसाय बढाउन र बाहिरी नकारात्मक ऊर्जा पसलमा नआओस् भनेर राख्ने गरेको पनि बताउँछन् । तपाईँले पनि अधिकांश पसलमा तथा सवारी साधनको अगाडि कागती र खुर्सानीको माला झुन्डाएको देख्नु भएको होला । आखिर किन राखिन्छ त पसल अगाडि कागती र खुर्सानी ? आज हामी यसैका विषयमा बताउने छौँ । 

वास्तु दोष हटाउनका लागि कागती र खुर्सानी घरमा वा पसलमा लगाउने गरिन्छ । कसैको घरमा वा वरिपरि कागतीको रूख छ भने त्यहाँको वातावरण स्वच्छ र सकारात्मक ऊर्जायुक्त हुन्छ । त्यस कारण कागतीमा धागो उन्दा कागतीबाट निस्किएको रसबाट लामो समयसम्म सुगन्ध निस्कने भएकोले वातावरणमा प्रभाव पार्ने गर्दछ । 

वा कागतीको अमिलोले हावालाई सफा बनाउँछ । कागतीको वासनाले मानिसको भावनालाई स्वच्छ राख्न मद्दत गर्छ यसका साथै घर वरिपरि भएका हानिकारक किराहरूलाई पनि भगाउन निकै महत्त्वपूर्ण भूमिका खेल्छ ।   

कागतीले हाम्रो मूड  फ्रेश गराउँछ । खुर्सानीको रागले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछ । कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछन् । एउटा कागती र सात वटा खुर्सानीलाई धागोमा उनेर आफ्नो ढोकामा झुन्ड्याउनु पर्दछ र प्रत्येक हप्ता परिवर्तन गर्नुपर्दछ । यसो गर्दा आफ्नो छर तथा पसलमा भविष्यमा हुन सक्ने दुर्घटना तथा क्षतिलाई टार्न सकिने विश्वास राखिन्छ ।

कुनै पनि व्यवसाय वा मेसिनरी सामाग्रीको प्रयोगमा जोखिम बहन गर्नुपर्ने हुन्छ । यसरी कागती र खुर्सानीको माला लगाउनुमा वास्तु दोष हटाउन सकिने मान्यता रहँदै आएको छ ।  

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ६ : ४७ बजे

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका