ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल « Khabarhub

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको छ ।

चीनको अनुरोधमा नोभेम्बर ११ मा भएको टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

वार्तामा सन् २०२६ मा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति ट्रम्पले गर्ने चीन भ्रमण तथा जी–२० शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति सीले गर्ने फ्लोरिडा भ्रमणबारे छलफल भएको थियो ।

दुवै पक्षले शान्ति स्थापना र आणविक हतियार निःशस्त्रीकरणका लागि उच्चस्तरीय संवाद आवश्यक रहेकोमा सहमति जनाएका छन् । यसै क्रममा अमेरिका, चीन र रुसका राष्ट्रपतिबीच त्रिपक्षीय भेटवार्ता हुन सक्ने सम्भावनाबारे पनि कुराकानी भएको छ ।

यसअघि अमेरिकी विदेशमन्त्री रुबियोले एपेक सम्मेलनका अवसरमा तीन देशका नेताबीच भेटवार्ता गराउने प्रयास भइरहेको बताएका थिए । राष्ट्रपति ट्रम्पले पनि रुस–युक्रेन युद्ध अन्त्य र विश्वव्यापी आणविक निःशस्त्रीकरणका विषयमा सी र पुटिनसँग छलफल गर्न चाहेको बताएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी नभए पनि युद्ध अन्त्यमा सहयोग पुग्ने भए आफू भेटवार्ताका लागि तयार रहेको ट्रम्पको भनाइ थियो ।

टेलिफोन वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङले अमेरिकासँगको सम्बन्ध स्थिर राख्न सञ्चार र सहकार्य बढाउने तथा मतभेदलाई उचित ढङ्गले समाधान गर्ने चीनको नीति रहेको बताए।

सन् २०२६ मा हुने एपेक र जी–२० शिखर सम्मेलन सफल बनाउन दुवै देशले एकअर्कालाई सहयोग गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए ।

अमेरिका र चीनबीच पछिल्लो समय भइरहेको संवादलाई दुई देशबीचको सम्बन्ध स्थिर बनाउने र आगामी उच्चस्तरीय भ्रमण तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अघि बढाउने प्रयासका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  १२ : २६ बजे

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

एजेन्सी – अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

एजेन्सी– चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अमेरिकाका

भोजपुरमा असिना पानीले धानबालीमा क्षति, किसान चिन्तित

भोजपुर– भोजपुरका विभिन्न स्थानमा बुधबार अचानक परेको असिना पानीले पाकेर

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

अन्ताल्या – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय

भीमफेदी इभी दुर्घटना : चालकको पहिचान खुल्यो, घाइतेको सङ्ख्या छ

हेटौँडा – मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय गाडी (इभी)