रोगभन्दा सामाजिक भेदभावको पीडा बढी | Khabarhub Khabarhub

रोगभन्दा सामाजिक भेदभावको पीडा बढी


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

अल्बानीजम रोगको सिकार भएपछि सोमालीयाका एक २५ वर्षीय युवाको अनुहारमा दाग नै दाग आएको छ। पुरै सेतो देखिएको छ। पुरातनवादी सोच हुनेहरूले उनीमाथि अनेक आरोप लगाउन थालेका छन्। कतिसम्म भने मानिस तिनीहरूको बच्चालाई खाइ दिन्छ भन्दै नजिक पर्न दिन नै छाडेका छन्।

देशको अन्य भागमा यस्तो समस्या भोगेका एल्बी बाल्य मोहम्मद राजधानी मोगादिसुमा पुगेका छन्। उनी देशको मध्य भागमा रहेको हिरान छाडेर मोगादिसु पुगेका हुन्। उनको भाइ पनि त्यस किसिमको समस्याबाट ग्रसित छन्।
‘हामी हाम्रो अनुहारमा आएको समस्याका कारण समुदायबाट एकदमै हेपिएका छौं। मानिसले हामीलाई अनाहकमा पिट्ने काम पनि गर्ने गरेका छन्’, उनले भने।

गाउँबाट राजधानी छिरेका उनले राजधानी मागोदिसुमा पनि दुर्व्यवहारको सामना गरेका छन्। उनले भाडामा बस्नका लागि धेरै घर खोजे। परन्तु उनलाई कसैले पनि दिएनन्। सोमालियाको अवस्था असामान्य छ। त्यहाँ अत्यन्त गरिबी छ। कसैले पनि उनीसँग एउटै घरमा बस्न नमानेपछि अहिले सहरको सबै भन्दा पुरानो गाउँमा सामान राख्नका लागि प्रयोग गरिने गोठमा मासिक ३० अमेरिकी डलर तिरेर बसेका छन्।

‘मानिसहरू मलाई पाप लागेर यस्तो भएको भन्ने सोच्छन्,’ दुखी हुँदै उनले भने। मानिसहरू उनी कहीँ जाँदा पानी र फुटेको अण्डा ढोकामा राख्ने गर्छन्। त्यो राख्नुको मतलब उनको दोष निवारण होस् भन्ने हो। बल्लतल्ल रेस्टुरेन्टमा गर्ने रोजगारी पाएको मोहम्मदले त्यहाँ दैनिक ३ पाउन्डको ज्यालामा काम गर्ने गरेका थिए।

त्यो जागिर पनि उनको लामो समय टिकेन। उनीबाट रोग सर्ने डरले मानिस त्यहाँ खान जान नै छाडे। अल्बानीजम सरुवा रोग त होइन, परन्तु उनका बारे सोही सोच राखेर ग्राहक आउन छाडेपछि उनको त्यो जागिर पनि गई सकेको छ। ‘म जागिरको खोजीमा एक रेस्टुरेन्टबाट अर्को रेस्टुरेन्टमा लगातार धाएको थिएँ, तथापि मैले केही पनि पाइन’, उनले भने। त्यसपछि उनी माग्नका लागि सडकमा बसेका थिए। उनले त्यो पछि छाडे। अन्ततः मोबाइल फोन नम्बरसहित प्ले कार्ड बोकेर फोनबाटै रकम उपलब्ध भए पनि उपलब्ध गराउनका लागि अनुरोध गर्न थाले।

त्यहाँ मागेर उठेको रकमले उनलाई मुस्किलले मागेर खान पुगेको छ। सूर्यको प्रकाशबाट बच्नका लागि उनलाई चस्मा र सन ब्लक अनिवार्य चाहिन्छ नै। उनी सन ग्लासको लागि लगानी गर्न नसक्ने बताउँदै मागी रहेको समयमा धुलो र मोटरको धुवाले एकदमै धेरै अप्ठेरो भएको गुनासो गर्छन्। धेरै मानिसहरूले आफूले खाएर बढी भएको उनलाई दिने गरेका छन्। कति दिन त उनी भोक भोकै बसेका छन्।

मोगादिसुमा गएर पैसा कमाए, आफ्नो परिवारलाई पठाउने तथा यस्तै रोगको सिकार भएका आफ्ना परिवारलाई सहयोग गर्ने उनको चाहनामा धेरै नै धक्का लागेको छ। सोमालियामा कति जनामा अल्बनीजम छ भन्ने यकिन छैन। यसको कुनै तथ्यांक पनि छैन। तीन दशकदेखि गृह युद्ध र राजनीतिक अस्थिरताले ग्रसित सो देश कुनै भरपर्दो तथ्यांक र सूचनाका लागि पनि असमर्थ छ।

यसै वर्ष अल्बानीजम भएका ८० परिवार जम्मा भएर सोमाली अल्बानी नामको फर्म गठन गरे। उनीहरूले यसको बारे चेतना फैलाउने र अल्बानीजमका कारण अनुहारमा हुने प्रभावलाई कम गर्ने सहयोग गर्ने गरेका छन्। उनीहरूको सङ्गठन विदेशमा बस्नेबाट ८६ वटा सनक्रिम पाए।

यस्तै अन्य अशक्तको सङ्गठनले सरकारसँग माग गर्दै सुविधा पाए पनि आफ्नो संस्थाले सुविधा नपाएको ४० वर्षीय सो संस्थाका अध्यक्ष मोहम्मद अबुकर अब्दीकदार बताउँछन्। सरकार र समाजसँग निरन्तर लडी रहेको तथा कहिल्यै हार नखाएको कारण अल्बानीजम भएकाले उनलाई हिरो मान्ने गरेका छन्। उनका ६ सन्तान छन्। सबैमा सोही रोग छ। सूर्यको प्रकाशबाट बच्न सधैँ टोपी लगाउने उनी निस्फिक्रीसँग त्यहाँको बजारमा हिँड्ने गरेका छन्।

भेदभाव र अन्यायविरुद्धको लडाइँलाई कहिल्यै पनि हार नखाने उनलाई यो कुरामा विश्वास छकी एक दिन सोमालियामा सबैले अल्बानजिमको बारे बुझ्ने छन्। यसरी बुझे पनि सबैलाई पछुतो हुने कुरामा उनी विश्वस्त छन्।

भविष्यप्रति आशावादी भए पनि वर्तमानप्रति समाजको सोच अर्कै छ। अहिले अल्बानीजम भएका बच्चाले अध्ययनको अवसर पनि पाएका छैनन्। यस्तै समस्याको सामना गरीरहेकी दुई सन्तानकी आमा अशा गेलेले बच्चालाई विद्यालय पनि पठाउन नसकेको बताउँछिन्। उनका बच्चालाई अन्य सबैले ढुङ्गाले प्रहार गरेका कारण उनीहरूलाई विद्यालय पठाउन बन्द गरिएको हो।

‘उनीहरूको छालामा ढुङ्गाको चोट नै चोट छ। अन्य विद्यार्थीले निर्दयी भएर उनीहरूलाई प्रहार गर्ने गरेका छन्। उनीहरूले शिक्षा नपाउन् त ठिकै छ। परन्तु ज्यान त घरमा नै बस्दा जोगिएको छ’, आमाले दुःखी हुँदै भनिन्। उनी तरकारी बेच्ने काम गर्थिन्। अहिले बच्चाकै लागि घरमा नै बस्नु परेको छ। यसले उनको घरमा आर्थिक समस्या थपिएको छ। उनको श्रीमान् रिक्सा चलाएर दैनिक ४ देखि ६ डलरको बिचमा आम्दानी गर्छन्। त्यसैको भरमा सो परिवार चलेको छ।

श्रीमतीले अल्बानीजम भएको बच्चा जन्माएपछि अलच्छिनी भन्दै श्रीमान् टाढा भएका छन्। अहिले उनका आफन्त पनि टाढा भएका छन्। दाजु भाइसमेत उनीबाटै अल्बानीजम सर्ने हो कि भन्ने चिन्ताले टाढिएका छन्। उनले त अहिले संसार नै गुमाएको महसुस गरेकी छिन्।

सोमालियामा अल्बानीजम रोग त हुँदै हो। यसले ल्याउने अन्य समस्या थुप्रै छन्। तथापि आफ्नैबाट हेपिनुको पीडा डरलाग्दो देखिएको छ। रोगलाई भाग्य र पापसँग तुलना गर्दै भेदभावजन्य व्यवहार गर्ने समस्या सोमालिया जस्ता धेरै विकासोन्मुख देशमा छ।
स्रोतः बीबीसी

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ८ : १४ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय