जापानी प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको अभियोग « Khabarhub

जापानी प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको अभियोग


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यान मार्ने उद्योग गरेको अभियोग लगाएको छ । यद्यपि उनलाई कुनै हानी भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो ।

गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा हेरिरहेको अदालतका प्रवक्ताले बताएकी छन् ।

पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक वर्ष पनि नपुग्दै प्रधानमन्त्री किसिदामाथि आक्रमण भएको थियो ।

वाकायामा जिल्ला अदालतका प्रवक्ताले एएफपी किमुरालाई हत्या अभियोग लगाइएको बुधबार बताइन् ।

आक्रमणपछि प्रहरीले खोजी गर्दा किमुराको घरमा बारूद, पाइपलगायत उपकरण फेला परेका थिए ।

सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार किमुरा आफ्नो गिरफ्तारी पछि मौन छन् । हत्या आरोप लगाइनुअघि करिब तीन महिनासम्म किमुराको मनोवैज्ञानिक परीक्षण गरिएको थियो । यसअघि किमुराले निर्वाचनमा भाग लिने देशको न्यूनतम उमेरप्रति असन्तुष्टि जनाउँदै सरकारविरुद्ध मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १ : ४८ बजे

चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड

जेन-जी लक्षित मन्त्री पुनको टिप्पणी : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन

काठमाडौं – जेन–जी आन्दोलनको आडमा शिक्षामन्त्री बनेका महावीर पुनले जेनजीलाई

असन–इन्द्रचोकको तरकारी बजार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको असन र इन्द्रचोक क्षेत्र देशकै प्रमुख र पुरानो

एन्टिबायोटिकको दुरुपयोगले हरेक वर्ष १३ लाखको मृत्यु : कसरी बच्ने ?

आधुनिक चिकित्सा विज्ञानले विश्वभर नै स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको

इन्डोनेसियासँग भिड्दै नेपाल, साम्बाको अनुपस्थितिमा अञ्जिलाको कप्तानी

काठमाडौं – साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले बुधबार इन्डोनेसियाविरुद्ध