सरकारले छिमेकी देशसँगको पावर ट्रेड एग्रिमेन्टका डकुमेन्ट जनतासमक्ष ल्याओस् : सम्मानित नेता खनाल « Khabarhub

सरकारले छिमेकी देशसँगको पावर ट्रेड एग्रिमेन्टका डकुमेन्ट जनतासमक्ष ल्याओस् : सम्मानित नेता खनाल


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले छिमेकी देशसँग गर्ने पावर ट्रेड एग्रिमेन्टका डकुमेन्ट जनतासमक्ष ल्याउन सरकारसँग माग गरेका छन् ।

बुधवार काठमाडौँमा पार्टीनिकट आदिवासी जनजातिको भेलालाई सम्बोधन गर्दै नेता खनालले नेपालमा उत्पादन हुने बिजुली किन्न छिमेकी देश चीनसमेत तयार रहे पनि त्यसबारे सरकारले कुनै चासो नदिएको बताए ।

नेता खनालले नेपालले कति बिजुली उत्पादन गर्न सक्छ भन्नेमा सरकारले कुनै अनुसन्धान नगरी अहिले उत्पादन भइरहेको बिजुली २५ वर्षका निम्ति भारतलाई बेच्न लागेको भन्दै त्यसरी बिजुली बेच्न गरिने सम्झौता जनतामाझ सार्वजनिक गरी त्यस्ता डकुमेन्ट जनता र संसदबाट अनुमोदन गराएर मात्रै गर्नुपर्ने बताए ।

बिजुली प्राकृतिक स्रोतसाधन भएको भन्दै उनले प्राकृतिक साधन स्रोतका बारेमा कुनै पनि देशसँग सम्झौता गर्दा नेपालको संविधानको धारा १२६ मा दुई तिहाइबाट अनुमोदन गर्नुपर्ने भन्ने रहेपनि यसबारेमा कुनै पनि सम्झौताका डकुमेन्ट जनतासामु नआएको उल्लेख गरे ।

उनले नेपालमा उत्पादन हुने बिजुली खपत हुन नसकेपछि कुनै न कुनै देशमा बेच्नु स्वाभाविक हुने भए पनि कस्तो बजार निर्माण गरेर बेच्ने भन्नेमा प्रस्ट हुनुपर्ने तर्क गरे । उनले चीनलाईसमेत बिजुली बेच्न सकिने बताए ।

त्यस्तै नेता खनालले आफ्नो पार्टी जहिले पनि गठबन्धनको पछि नलाग्ने भन्दै अब आउने चुनावमा पार्टीले कार्यक्रम र योजनाका साथ आउने चुनावमा देशव्यापी भाग लिने बताए ।

उनले अबको चुनावसम्म ७५३ वटै पालिकामा पार्टीका झन्डा फहराउन कार्यकर्ताहरूलाई आग्रहसमेत गरे । नेता खनालले पुँजीवादको एक मात्र विकल्प समाजवाद भएको भन्दै समाजवादी विकल्प खडा गर्ने पार्टी एकीकृत समाजवादी हुने दाबी गरे ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ५ : ०६ बजे

कोइराला निवासका लागि छुट्याइएको २ करोड रुपैयाँ लिन मानेनन् शेखरले 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका