शक्ति राष्ट्रका विवादले आसियान शिखर सम्मेलन छायाँमा | Khabarhub Khabarhub

शक्ति राष्ट्रका विवादले आसियान शिखर सम्मेलन छायाँमा


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जकार्ता- शक्ति राष्ट्रका विवादका कारण दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियानको शिखर सम्मेलन छायाँमा परेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी शिखर सम्मेलन र सोही क्रममा आयोजना हुने शक्तिराष्ट्रबीच हुने विभिन्न उच्चस्तरीय बैठक आर्थिक विकासका मुलमुद्दाभन्दा राजनीतिक विषयका कारण छायाँमा परेको हो ।

अमेरिकी, चिनियाँ र जापानी अधिकारीहरूसँग आज हुने भेटमा ठूला शक्ति प्रतिद्वन्द्वीले दक्षिण चीन सागरको विषयलाई लिएर चीन र अमेरिकालगायत देशबीचको तनाव, युक्रेन युद्ध तथा उत्तर कोरियाली क्षेप्यास्त्र विकास कार्यक्रमजस्ता क्षेत्रीय मुद्दा छलफलको एजेण्डामा छन् ।

दश सदस्यीय आसियानले चीन, जापान, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र क्यानडासँग छुट्टाछुट्टै शिखर सम्मेलन गर्दैछ । सम्मेलनमा राष्ट्रपति जो बाइडेनको स्थानमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सहभागी भएको छ भने राष्ट्रपति सी चिनफिङको सट्टा चिनियाँ प्रधानमन्त्री ली छ्याङ भाग लिँदै छन् ।

“हामी भिन्नताहरूलाई पन्छाएर साझा आधार खोज्छौंँ, हामी दुवैले शान्तिको लागि अथक प्रयास गरिरहेका छौं । जबसम्म हामी सही बाटोमा हिँड्छौं, जस्तोसुकै आँधीबेहरी आए पनि चीन–आसियान सहयोग सधैंजस्तै सुदृढ हुनेछ… सबै बाधाविरुद्ध एकताबद्ध भएर उभिनेछ,” चिनियाँ प्रधानमन्त्री लीले आसियान–चीन शिखर सम्मेलनको उद्घाटन मन्तव्य व्यक्त गर्दै भने ।

प्रधानमन्त्री मोदी आज जकार्ता जाँदै

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जकार्तामा २०औँ आसियान–भारत शिखर सम्मेलन र १८ औँ पूर्वी एसिया शिखर सम्मेलनमा भाग लिन आज अपराह्न नयाँ दिल्लीबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको एसियन न्युज इन्टरनेशनलले जनाएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको निमन्त्रणामा प्रधानमन्त्री मोदी जकार्ता जान लागेका हुन् । बीसौँ आसियान–भारत शिखर सम्मेलन र १८औँ पूर्वी एशिया शिखर सम्मेलन भोलि बिहीबार हुनेछन् ।

आसियानको वर्तमान अध्यक्ष इन्डोनेसियाले यस वर्ष भारतको अध्यक्षतामा आगमी शनिबार र आइतबार भारतको राजधानी नयाँदिल्लीमा हुने युरोपेली सङ्घसहित १९ विशाल अर्थतन्त्र भएका राष्ट्रहरूको अन्तरसरकारी सङ्गठन जी २० को शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रधानमन्त्री मोदीको इन्डोनेसिया भ्रमण हुन लागेको हो ।

इन्डोनेसिया जी २० को एक हिस्सा हो किनभने गत वर्ष उक्त देश जी २० को अध्यक्ष थियो । बिहीबार हुने आसियान–भारत शिखर सम्मेलनमा भारत र दक्षिण पूर्वएशियाली राष्ट्रहरूबीचको सम्बन्धलाई बृहत् रणनीतिक साझेदारीमा रुपान्तरण गर्ने प्रयास हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित आसियान शिखर सम्मेलनको उद्घाटन गर्दै इन्डोनेसियाका राष्ट्रपतिले आसियानलाई एकताबद्ध रहन र कुनै पनि शक्तिका पछाडि नलाग्न आग्रह गरेका थिए । आसियानका अध्यक्ष रहेका उनले सदस्य मुलकमा एकअर्काको अहित हुने तथा आफ्नो भूमिलाई प्रतिद्वन्द्वीको अखाडा नबनाउन आग्रह गर्दै स्थिर, समृद्ध एवं शान्त आसियान निर्माणमा योगदान गर्न अह्वान गरेका थिए ।

ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम सदस्य रहेको आसियान शिखर बैठकमा म्यान्मार सङ्कटलाई लिएर चिन्ता व्यक्त भएको थियो । सम्मेलनका क्रममा आसियान नेताहरूले सन् २०२१ मा प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको सरकारलाई सैन्य विद्रोहबाट अपदस्थ गरेपछि दैनिक रुपमा भइरहेका घातक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन आह्वान गरेका थिए । साथै उनीहरूले दक्षिण चीन सागरमा चीनको बलमिच्च्याइँ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ६ : ०५ बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा