पूर्वमन्त्रीको सुरक्षा गर्न नसकेको भन्दै नेविसंघद्वारा गृहमन्त्रीको राजीनामा माग (विज्ञप्तिसहित) « Khabarhub

पूर्वमन्त्रीको सुरक्षा गर्न नसकेको भन्दै नेविसंघद्वारा गृहमन्त्रीको राजीनामा माग (विज्ञप्तिसहित)


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्रीको राजीनामा माग गरेको छ । नेविसंघले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री, तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष एवम् नेपाल सरकारका पूर्वमन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा सांघातिक आक्रमण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

नेविसंघले घटनाको निन्दा गर्दै गृहमन्त्री नायारणकाजी श्रेष्ठको राजीनामा माग गरेको हो । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको पूर्वमन्त्रीजस्तो व्यक्तिलाई दिनदहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय छ, यस घटनाको घोर भत्सर्ना गर्दछौँ ।’

यस घटनाबाट देशमा आम नागरिकको जिउज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीप्राप्त गृहमन्त्री पूर्ण रुपले असफल भएको नेविसंघको ठहर छ । घटनाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र गृह मन्त्रालयले लिनुपर्ने स्पष्ट रहेको भन्दै नेविसंघले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

विज्ञप्तिमा यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सूक्ष्म अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न माग गरिएको छ ।

बुधबार दिउँसो भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादवमाथि सांघातिक हमला भएको थियो ।

नुवाकोटका श्यामबाबु सापकोटाले यादवमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएका यादवको वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ७ : ४३ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी