दार्चुलामा ट्रयाक्टर दुर्घटना, दुई जना घाइते « Khabarhub

दार्चुलामा ट्रयाक्टर दुर्घटना, दुई जना घाइते


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलामा ट्रयाक्टर दुर्घटना हुदा दुई जना घाइते भएका छन्।

जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर–३ लटिनाथस्थित गोकुलेश्वरको भित्री कच्ची सडकखण्डमा बुधवार से २ च १४८१ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर मार्मा गाउँपालिका–३ लटिनाथका चालक २१ वर्षीय सुनिल विष्ट र सहचालक घोडाघोडी नगरपालिका–१० पहलमानपूरका ३४ वर्षीय रामलखन चौधरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

ट्रयाक्टर मार्माको विटुलेबाट सिमेन्ट लिएर लटिनाथतर्फ गइरहेको थियो। ट्रयाक्टर सडक बाट करिब एक सय मिटर तल नदीको किनारामा खसेको छ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ८ : ०५ बजे

‘जेनजी’को नाममा भएको हिंसालाई जायज ठहर्‍याउने प्रयास खतरनाक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा

कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित