दार्चुलामा ट्रयाक्टर दुर्घटना, दुई जना घाइते « Khabarhub

दार्चुलामा ट्रयाक्टर दुर्घटना, दुई जना घाइते


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलामा ट्रयाक्टर दुर्घटना हुदा दुई जना घाइते भएका छन्।

जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर–३ लटिनाथस्थित गोकुलेश्वरको भित्री कच्ची सडकखण्डमा बुधवार से २ च १४८१ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर मार्मा गाउँपालिका–३ लटिनाथका चालक २१ वर्षीय सुनिल विष्ट र सहचालक घोडाघोडी नगरपालिका–१० पहलमानपूरका ३४ वर्षीय रामलखन चौधरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

ट्रयाक्टर मार्माको विटुलेबाट सिमेन्ट लिएर लटिनाथतर्फ गइरहेको थियो। ट्रयाक्टर सडक बाट करिब एक सय मिटर तल नदीको किनारामा खसेको छ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ८ : ०५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।