हात्ती भगाउन रातभर जाग्राम « Khabarhub

हात्ती भगाउन रातभर जाग्राम


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् ।

भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि हात्ती भगाउन यहाँका स्थानीय रातभर जाग्राम बस्न थालेका हुन् । साँझपख आउने हात्तीको बथानले अन्न बालीमा नोक्सान पुर्‍याउने गरेको स्थानीय वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिए ।

“हात्तीको बथानले धानबाली र मकैमा ठूलो नोक्सान गरिसक्यो ।” अध्यक्ष धनाडीले भने , “एक जनाको घरमा क्षति पुगेको अन्न बालीमा धेरै नोक्सान पुगाएको छ ।” रातिको समयमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट ३०र३५ वटा हात्तीको बथान बच्चासहित दिनहुँ बडुवाल टोलमा पस्ने गरेको उनले बताए।

“हात्ती भगाउन यहाँका स्थानीय आगो बालेर रातभर जाग्राम बस्ने गरेका छन्”, उनले भने, “यहाँका जनतालाई धेरै दुःख छ राज्यका तर्फबाट हात्ती रोकथामका लागि केही गर्न सकिएको छैन ।” उनले हात्ती भगाउन यहाँ समूहमा युवाले रातिको समयमा गस्ती गर्ने गरेको बताउनुभयो बताए ।

स्थानीय लक्ष्मी रानाले हात्तीले हरेक वर्ष यहाँ घरखेतमा नोक्सान गर्ने गरेको बताए। “धान र मकै सबै सखाप पारिसक्यो घरमा पस्ने डरले रातभर जाग्राम बस्छौँ”, उनले भने, “हात्तीकै कारण यहाँ खेतसमेत बाझो हुन थालेको छ ।” गाउँमा हात्तीको आतङ्कले स्थानीय त्रसित भएको उहाँले बताउनुभयो । “यो बस्तीमा भारतीय सीमा पर्ने भएकाले भारतले तारबार गर्न दिँदैन”, उनले भने, “हरेक वर्ष यहाँ भारतीय जङ्गलबाट हात्ती आउँछन् नोक्सान गरेर जान्छन् ।”

अहिले जङ्गल पनि घना भइसकेकाले यहाँ हात्ती बढी आउन थालेको उनले बताए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ९ : १३ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या