एसियाली खेलकुद : नेपाल र भारत महिला कबड्डीको सेमिफाइनलमा भिड्दै « Khabarhub

एसियाली खेलकुद : नेपाल र भारत महिला कबड्डीको सेमिफाइनलमा भिड्दै


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीतर्फ नेपाल  र भारत अहिले समिफाइनलमा भिड्दै छन् ।  

नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको छ । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।  

महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इरानले आजै समूह ‘ए’ को उपविजेता चाइनिज चाइपेईसित प्रतिस्पर्धा गर्ने छ । 

यसअघि नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अंकले पराजित भएको थियो । नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका छन् । 

टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका छन् । 

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ३७ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र