विपन्न समुदायमा सामाजिक रुपान्तरण आवश्यक : अध्यक्ष नेपाल « Khabarhub

विपन्न समुदायमा सामाजिक रुपान्तरण आवश्यक : अध्यक्ष नेपाल


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रुपान्तरण गर्नुपर्ने खाँचो औल्याएका छन् ।

पार्टीद्वारा सञ्चालित समाजवाद जागरण अभियान अन्तर्गत आज अमलेखगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जनताको लामो समयदेखिको सङ्घर्षबाट राजनीतिक उपलब्धि प्राप्त भएको भए पनि उनीहरुको आर्थिक विकास तथा सामाजिक सुरक्षा हुन नसकेको बताएका हुन् ।

उनले देश विकास र जनताको आर्थिक समृद्धिको सङ्कल्प पूरा गर्न आफ्नो पार्टी क्रियाशील रहेको जनाउँदै मुलुक रुपान्तरणका लागि सबै जाति समुदायका समस्या समाधान गर्न समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सभामा पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले रोजगारी, सुशासन र समृद्धिको नारासहित सुरु भएको अभियानको औचित्यबारे स्पष्ट पारे ।

उनले धार्मिक सहिष्णुता कायम गर्न सबै जाति समुदायको एकताबद्ध हुनुपर्नेमा जोड दिए । पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले देशमा गाउँसम्म वैज्ञानिक समाजवादको जागरण फैलाउनुपर्ने बताए ।

अभियान अन्तर्गत कांकडभिट्टा, विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराजमा, छिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दीबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्जमा सभा गरिएको थियो ।

पार्टीका शीर्षनेताहरुले सम्बोधन गरेको अभियानमा कार्यकर्ता भेला, पत्रकार सम्मेलन र अन्तरक्रियासमेत गरिएको थियो । अभियान यही असोज २९ गते सुर्खेतमा सम्पन्न हुने छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १ : २० बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल