बिजुली बत्ती बाल्न पाएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाका तीन परिवार खुसी « Khabarhub

बिजुली बत्ती बाल्न पाएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाका तीन परिवार खुसी


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भोजपुर- विद्युतको पहुँचबाट टाढा रहेको भोजपुरको दलगाउँका तीन परिवारलाई गाउँपालिकाले सोलार सेट उपलब्ध गराएपछि खुसी भएका छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका वडा नम्बर ४, दलगाउँका तीन परिवारलाई सोलार सेट सहयोग गरेको हो ।

पालिकाका अध्यक्षबाट सोलार सेट बुझेपछि मीनराज राईले भने, “सबैतिर बत्ती पुगे पनि हामी अध्यारोमा बस्न बाध्य थियौँ । पालिकाको सहयोगले आफूहरुलाई राहत मिलेको छ । हामी खुसी भयौँ ।” विद्युतको सेवाबाट वञ्चित दलगाउँका राईसहित मनकुमारी राई र बखतबहादुर राईलाई पालिकाका अध्यक्ष थामबहादुर राईले सोलार सेट हस्तान्तरण गर्दै पालिकाभित्रका कोही पनि नागरिक विद्युत् सेवाबाट वञ्चित हुन नपरोस् भन्नका लागि सहयोग गरिएको बताए ।

“विद्युत् सेवाका लागि दूरी टाढा र आर्थिक अवस्थासमेत कमजोर भएकाले तीन परिवारलाई सहयोग गरेका हौँ”, उनले भने । विद्युत् नहुँदा अन्धकारका बस्न बाध्य परिवारलाई पालिकाले सहयोग गरेपछि सबै क्षेत्रमा विद्युत् विस्तार भएको वडाध्यक्ष बाबुकुमार राईले बताए ।

उनका अनुसार विद्युत् प्राधिकरणबाट सबै क्षेत्रमा विद्युत् विस्तार भए पनि दूरी तथा आर्थिक अवस्था कमजोर भएकाले तीन परिवारको घरमा सेवा पुगेको थिएन । चाडपर्व नजिकिएसँगै गाउँपालिकाले वडा तहमा पुगेर ज्येष्ठ, अपाङ्गता भएका तथा अशक्त नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।

पालिकाले एनआइसी एसिया बैंकको समन्वयमा दलगाउँका एक सय ५४ लाभग्राहीलाई स्वास्थ्य परीक्षण गरी भत्ता उपलब्ध गराइएको पालिकाका अध्यक्ष राईले जानकारी दिए । पालिकाले आगामी २५ गतेसम्म सबै वडामा पुगेर भत्ता वितरण सम्पन्न गर्ने जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  २ : २९ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले