राप्रपाका कसैले धार्मिक सद्भाव बिथोलेको भए जिम्मेवारी लिन तयार छौँ : सांसद सिंह | Khabarhub Khabarhub

राप्रपाका कसैले धार्मिक सद्भाव बिथोलेको भए जिम्मेवारी लिन तयार छौँ : सांसद सिंह


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले धार्मिक सद्भाव बिथोल्ने काममा आफ्नो पार्टीका कोही व्यक्ति संलग्न भए सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिंहले मुलुकमा धार्मिक सद्भाव कायम गर्न आफ्नो पार्टी एकमत रहेको भन्दै कहीँ कतै धार्मिक सद्भाव बिथोल्ने काममा राप्रपाका कोही व्यक्ति संलग्न भए सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताएका हुन् ।

उनले धार्मिक सद्भाव बिथोल्ने काममा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता भए कारवाही गर्नसमेत सरकारलाई चुनौति दिए । धार्मिक सद्भाव बिथोल्ने काममा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्न भए आफूले सांसद पदबाटै राजीनामा दिने उनले बताए ।

उनले विभिन्न प्रकरणमा आफ्नो दोष अरुलाई थोपार्न राजवादीहरुलाई आरोप लगाइएको तर्क गरे ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ३ : ४० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका