विरोधीले एकोहोरो टिकाटिप्पणी गरे, पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धामा नउत्रिनू : अध्यक्ष ओली | Khabarhub Khabarhub

विरोधीले एकोहोरो टिकाटिप्पणी गरे, पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धामा नउत्रिनू : अध्यक्ष ओली


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धामा नउत्रन आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौँमा पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीको प्रदेश अधिवेशनका सन्दर्भमा विरोधीले एकोहोरो खालको टिकाटिप्पणी गर्ने मौका पाएको भन्दै अस्वस्थ प्रतिस्पर्धामा नउत्रन आग्रह गरेका हुन् ।

उनले अहिलेसम्म लडेभिडे भन्ने सन्देश प्रवाहित भएकाले उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्वय चयनमा अर्को टिकाटिप्पणी गर्ने मौका दिन नहुने बताए । पार्टीभित्रको प्रतिस्पर्धामा पनि जित्नका लागि विभिन्न अभ्यास गरेको जस्तो देखिएकाले सहमति नै जान उनले सुझाव दिए ।

ओलीले पार्टीका हरेक व्यक्तिको काम नेतृत्वले मूल्याङ्कन गर्ने भएकाले नेतृत्वको मूल्यांकनमा भर नपर्दा समस्या देखिन सक्ने तर्क गरे ।

ओलीले पार्टीको आन्तरिक चुनाव जित्दा उन्माद चढेजस्तो गर्ने र हार्दा निराश हुने अवस्था आउन दिन नहुनेमा जोड दिए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ५ : ३६ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड