भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु | Khabarhub Khabarhub

भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमडौँ- नेपाल क्रान्तिकारी युवा संघको ३३ औं स्थापना दिवसको अवसरमा शुक्रबारदेखि भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीनिकट नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समिति खेलकुद विकास विभागको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले एक कार्यक्रमबीच भक्तपुर चेस क्लबको सहआयोजनामा भएको प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगितामा एक दर्जन जिल्लाका खेलाडीहरु सहभागी रहेको प्रतियोगिता तयारी समितिका संयोजक राजकुमार लघुले जनाए ।

प्रतियोगितामा कुल १४४ जना खेलाडीहरु प्रतिस्पर्धामा रहेको उनले जनाए । उनका अनुसार खेलाडी १० देखि ७० वर्ष उमेर समूहका छन् । प्रतियोगितामा यसअघिका च्याम्पियनहरु पनि सहभागी रहेको जनाइएको छ । साथै राष्ट्रिय खेलाडीहरु पनि प्रतिस्पर्धामा सहभागी भएको जनाइएको छ । प्रतियोगितामा विदेशी खेलाडीसमेतको सहभागिता रहेको छ ।

प्रतियोगिताको समापन शनिबार हुनेछ । प्रतियोगिताका विजयी खेलाडीहरुलाई शनिबार नै पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ५ : ३९ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा