अनलाइनमा २४ करोड बढीको सट्टेबाजी गर्ने युवक पक्राउ « Khabarhub

अनलाइनमा २४ करोड बढीको सट्टेबाजी गर्ने युवक पक्राउ


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनलाइनमार्फत २४ करोड बढी रुपैयाँको सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले झापाका ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो ।

उनले कानूनविपरीत अनलाइनमार्फत २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको सट्टेबाजी गराएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

साहले इन्टरनेटको दुरुपयोग गरी वानएक्स बट, मेलबेट, रुपी बेठ, स्काई चेन्ज, बेलीज बेट, खेल विनलगायत वेवसाइटमार्फत् सट्टेबाजी गराई विभिन्न बैंक खातामार्फत् पैसा असुल गर्ने गरेको प्रहरीको भनाइ छ ।

उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ६ : २८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि