लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना « Khabarhub

लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- बौद्ध दर्शन र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा आज विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ट एन्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा आयोजित सो बौद्ध संस्कृति सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले बौद्ध पुरातत्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनियाँ यात्रीहरुको भूमिकाको प्रशंसा गरिन् । चीनको प्राचीन ‘सिल्क रोड’ ले नेपाल, चीन तथा भारतको बौद्ध संस्कृतिलाई जोड्ने काम गरेको उनले बताइन् ।

तीन संस्थाको आयोजनामा भएको बौद्ध संस्कृति प्रदर्शनीले लुम्बिनीबाट उद्गम भएको बौद्ध दर्शनको प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामाले सिल्क रोडमार्फत सांस्कृतिक र आर्थिक विकास गर्नुपर्नेमा जोड दिए । शान्ति र सद्भावमय विकासका लागि बौद्ध दर्शनलाई आत्मसात् गर्नुपर्ने भन्दै मुलुकका हरेक विकासका कामले शान्ति प्रवर्द्धन गर्ने उनको भनाइ छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शनको व्यावहारिक अनुशरण आवश्यक रहेको भन्दै बौद्ध संस्कृति प्रदर्शनी नियमित गरिरहनुपर्नेमा जोड दिए । लुम्बिनीस्थित चिनियाँ मोनास्ट्रीका प्रमुख ताओ युएले बुद्ध विश्वव्यापी भएकाले बौद्ध दशर्नको प्रवर्द्धन र अनुसरणमा पनि विश्वले काम गर्नुपर्ने बताए ।

भियतनामी मन्दिरका प्रमुखले बुद्ध जन्मस्थल हुनु नै नेपालका लागि गौरवको विषय भएको बताए । यी क्षेत्रका पहिचानमा चिनियाँ यात्रीहरुको भूमिकालाई बिर्सन नहुने उनको भनाइ छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध शिक्षालाई सरकारले केन्द्रमा राख्न नसकेको भन्दै राज्यको प्रमुख निकायमा रहेका व्यक्तिहरुले विशेष ध्यान दिनुपर्ने बताए । भिक्षु महासङ्घका निग्रोध महाथेरले कैयौँ बौद्ध दार्शनिकहरु सिल्करोड हुँदै नेपाल, चीन, भारत भ्रमण गरेको बताए ।

उनले यो क्षेत्र निकै महत्वपूर्ण रहेको बताए । बौद्ध भिक्षु महासङ्घका सचिव भिक्षु धर्मगुप्तले बौद्ध ग्रन्थको विकासमा चीनको महत्वपूर्ण भूमिका रहनुका साथै सांस्कृतिक विकासका कार्यक्रम निरन्तर हुनुपर्ने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु बजिरले बौद्ध संस्कृतिको प्रदर्शनीले बौद्ध दर्शनलाई बुझ्न सहयोग गर्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र संयोजक डा कुमार खड्काले प्रदर्शनीमा बौद्ध संस्कृतिका विषयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत भएको र विज्ञहरुले छलफल गरेको बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : १८ बजे

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले