अर्थतन्त्र सुधारको बाटो छ : अर्थमन्त्री « Khabarhub

अर्थतन्त्र सुधारको बाटो छ : अर्थमन्त्री


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन – अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उनले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गरे ।

अर्थमन्त्री डा महतले भने “अब आर्थिक सङ्कटको अन्त्य हुने आशाका किरण देखा पर्दैछन् । मुलुकमा रहेको आर्थिक सङ्कट धेरै समय रहँदैन ।” आर्थिक सङ्कटको अन्त्य गर्न सरकारले नीतिगत योजना बनाएको उल्लेख गर्दै उनले भने, “प्राथमिकताका आधारमा लगानी गर्ने, जग्गाको कारोबार बढाउन प्रक्रियागत सुधार गर्ने र व्यवसायीलाई लगानीको वातावरण बनाउन सरकार लागि परेको छ ।”

नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका डा महतले अघिल्लो सरकारको जथाभावी खर्च गर्ने प्रवृत्तिका कारण अर्थतन्त्रमा समस्या आएको र यसलाई नियन्त्रण गर्न सरकार लागि परेको बताए । उनले भने, “व्यक्तिले जथाभावी खर्च नगर्ने, व्यवसायीले मनलाग्दी तरिकाले लगानी नगर्ने र सरकारले प्राथमिकताको आधारमा लगानी गर्ने हो भने अहिलेको सङ्कट टर्छ ।”

अर्थमन्त्री डा महतले सामाजिक सञ्जालमार्फत नेपालको अर्थतन्त्रको विषयमा नियोजितरूपमा गलत प्रचार गरिएको गुनासो गरे । उनले भने, “गतल प्रचारका कारण अर्थतन्त्रको विषयमा निरासा छाएको छ, यही कारणले देश जटिलतातर्फ धकेलिएको हो ।” उनले पूँजी चलायमान नहुँदा पनि समस्या सृजना भएको बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, किरण पौडेल, जिल्ला सभापति राजेश्वर खनाल, निर्वतमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, खैरहनी नगरपालिकाका प्रमुख शशी खनिया, राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामा, संविधानसभा सदस्य सावित्रीदेवी चौधरीलगायतले पार्टी सही तवरले अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति किरणभूषण सिंह ओलीले राजनीतिक प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मी थापा भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्षेत्रीय पार्टी कार्यालयको भवन निर्माणको लागि जग्गा प्रदान गर्ने संविधानसभा सदस्य सावित्री चौधरी र स्वर्गीय उदयनाथ अधिकारीसहित पार्टीको संस्थागत विकासमा योगदान दिनुभएका नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा राप्ती नगरपालिका–१२ मा रहेको गणेश माविका पाँच सय जना विद्यार्थीका लागि विद्यालय झोला तथा तीन जना अपाङ्गत भएकालाई ह्वीलचियर प्रदान गरिएको थियो । यसैबीच संविधानसभा सदस्य सावित्रीदेवी चौधरीले प्रदान गर्नुभएको जग्गामा भवन निर्माण गर्न लागिएको क्षेत्रीय पार्टी कार्यालयको भवनको अर्थमन्त्री महतले शिलन्यास गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ९ : ४३ बजे

पेप्सीकोलामा मध्यरातमा आठ सवारीसाधन तोडफोड, एक जना पक्राउ

काठमाडौँ – काठमाडौँको पेप्सीकोला क्षेत्रमा शनिबार मध्यरातमा एक समूहले पार्किङ

२५ सय सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेका २४ घण्टामा दुई हजार चार सय बयानब्बे सवारी

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको

पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

पाँचथर– बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र