तिब्बती बौद्ध मामिलामा हस्तक्षेप नगर्न चीनलाई युरोपेली बौद्ध संघको आग्रह | Khabarhub Khabarhub

तिब्बती बौद्ध मामिलामा हस्तक्षेप नगर्न चीनलाई युरोपेली बौद्ध संघको आग्रह


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली बौद्ध संघले चीनलाई तिब्बती बौद्ध मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ । युरोपेली बौद्ध संघले दलाई लामासहित अन्य वरिष्ठ लामाहरुको पुनर्जन्मबारे तिब्बती बौद्ध मामिलामा हस्तक्षेप नगर्न चीनसमक्ष आग्रह गरेको हो ।

दलाई लामाको पुनर्जन्मबारे निर्णय गर्ने अन्तिम अधिकार तिब्बती जनता र गान्देन फोद्राङमाझ निहीत रहेको भन्दै संघले यस विषयमा हस्तक्षेप नगर्न आग्रह गरेको टिबेट राइट्स नामक अनलाइन समाचार पोर्टलले जनाएको छ ।

उक्त समाचार पोर्टलका अनुसार दलाई लामा एवम् अन्य वरिष्ठ लामाहरुको चयन प्रक्रियाबारे तिब्बती परम्परामा स्पष्ट व्यवस्था रहेको संघले जनाएको छ । त्यसैगरी, चीनले छनौट गरेका लामालाई अस्वीकार गर्नसमेत संघले अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेको छ ।

संघले वर्तमान दलाई लामासँग वार्ताको माध्यम स्थापित गर्नसमेत चीनसँग आह्वान गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  २ : ५६ बजे

यस्तो छ नेपालगन्जको अवस्था (तस्बिरहरू)

काठमाडौं– गत भदौ अन्तिम साता भएको जेन-जी आन्दोलनका क्रममा देशका

दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको घुइँचो

काठमाडौं– दसैं नजिकिएसँगै बजारमा किनमेल गर्नेको घुइँचो देखिन थालेको छ

जेन-जी आन्दोलनमा गएका हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता

हुम्ला– हुम्ला घर भइ हाल काठमाडौंमा बस्दै आएका थुक्तेन पाल्वर

गाजा सहरमा आक्रमण जारी, महिला र बालबालिका संकटमा

एजेन्सी– गाजा सहरमा जारी आक्रमणका कारण हजारौँ नागरिकहरू आफ्नो ज्यान

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

गण्डकी– पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने