काम गर्ने जाँगर र लगानी गर्ने रकम भए विदेश जानु पर्दैन : अध्यक्ष ढकाल « Khabarhub

काम गर्ने जाँगर र लगानी गर्ने रकम भए विदेश जानु पर्दैन : अध्यक्ष ढकाल


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीको वातावरणका बनाउन लागि उद्योगी, व्यवसायी र आम नागरिकको आत्मविश्वास बढाउनुपर्ने बताएका छन् ।

बुटवलमा आज आयोजित बुटवल उद्योग वाणिज्य सङ्घको ७०औँ वार्षिक साधारणसभामा अध्यक्ष ढकालले युवा जमात विदेश पलायन भए पनि उद्यमीहरुका लागि नेपालका हरेक क्षेत्रमा संभावना रहेका बताए । “काम गर्ने जाँगर र लगानी गर्ने रकम भए विदेश गइरहनु पर्दैन”, उनले भने ।

अध्यक्ष ढकालले उद्योगीहरुले भोग्नु परेका समस्या समाधानबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको बताए । उनले पर्यटक आगमन बढ्दै गएको, बैंकहरु लगानी गर्न इच्छुक भएकाले अर्थतन्त्रमा क्रमशः सुधार भइरहेको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले निजी क्षेत्र र तीन वटै तहका सरकारबीच संवाद र छलफलबाट अर्थतन्त्रका समस्या समाधान गर्न सकिने भन्दै आशावादी हुन आह्वान गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी एशोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले युवा शक्ति विदेश पलायन हुँदा देशमा श्रमिक अभाव बढेको बताए ।

महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बैङ्कको ऋण तिर्न उद्योगी–व्यवसायीलाई कठिनाइ भएको बताउँदै सहुलियतका लागि आग्रह गरे।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १० : ३४ बजे

विदेशबाट फर्केका युवा सुकुटी व्यवसायमा, भन्छन्- मासिक दुई लाखसम्म आम्दानी गर्छौँ

मोरङ– कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने