बढ्दै असुरक्षित गर्भपतनको जोखिम | Khabarhub Khabarhub

बढ्दै असुरक्षित गर्भपतनको जोखिम

आज पनि छोराको लोभमा असुरक्षित गर्भपतन !


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय असुरक्षित गर्भपतनको जोखिम बढ्दो छ। किशोरी एवं महिला अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। मातृ मृत्युदर गराउने प्रमुख कारणमध्ये असुरक्षित गर्भपतन एक हो। आपसी सहमतिमा शारीरिक सम्पर्क गर्ने। तर, बच्चा नचाहने र छोराकै लोभ गर्ने दम्पत्ती असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। यसले महिलाको शारीरिक समस्यालाई जटिल बनाएको छ। असुरक्षित गर्भपतनको बढ्दो समस्याका आधारित रहेर खबरहबका लागि  प्रसूति रोग विशेषज्ञ डा. पुण्य पौडेलसँग गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय गर्भपतनको समस्या किन बढ्दै गइरहेको छ ?
गर्भपतन धेरै कारणले गर्दा हुनसक्छ। कहिले गर्भवती ज्यान बचाउन पनि गर्भपतन गराउनुपर्छ। कहिले गर्भमा रहेका शिशुमा कुनै विकार भएमा पनि गर्भपतन गर्नु जरुरी हुन्छ। नेपाल जस्तो देशमा विशेष गरी छोरा पाउने नाममा पनि धेरैले गर्भपतन गरेको पाइन्छ। अशिक्षा तथा गर्भ निरोधक चक्कीको प्रयोगबारे जानकारी नहुँदा पनि गर्भपतन गर्नेक्रम बढ्दो छ। यस्तो औषधिको अनावश्यक सेवनले हर्मोनमा असन्तुलन हुनसक्छ। महिनावारीमा गडबडी हुने जोखिम हुन्छ। असुरक्षित गर्भपतनले जीवन नै जोखिममा पर्ने हुन्छ। गर्भपतन गराउँदा औजार सफा नभएको अवस्थामा हेपाइटाइटिस बी र एचआइभीको संक्रमण हुने खतरा हुन्छ।

ग्रामीण भेगमा असुरक्षित गर्भपतन बढ्नुका कारण के हुन् ?
ग्रामीण भेगमा गर्भपतन गराउने व्यक्ति सरकारी मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट आवश्यक तालिम लिएका हुँदैनन्। जसका कारण असुरक्षित गर्भपतनको संख्यामा बढेको छ । गर्भवती भएकैमध्ये पनि करिब १५ प्रतिशत महिलामा कुनै न कुनै प्रकारका जटिलता सिर्जना हुन्छन्। त्यस्ता जटिलताकै कारण नेपालमा हुने मातृ मृत्यु दरमध्ये अधिकांश मृत्यु अत्यधिक रक्तश्रावका कारण हुनेगर्छ। त्यसबाहेक, रक्तअल्पता तथा कुपोषणका कारण पनि गर्भवतीको मृत्यु हुने गर्छ। यसबाहेक, असुरक्षित गर्भपतनका कारण पनि धेरै महिलाको मृत्यु हुने गरेको छ।

असुरक्षित गर्भपतन गराउँदा कस्तो जोखिम निम्तिन सक्छ ?
मातृ मृत्युको प्रमुख कारणमध्ये असुरक्षित गर्भपतन पनि एक हो। असुरक्षित गर्भपतन गराउँदा पाठेघरमा प्वाल पर्नसक्छ, आन्द्रा काटिन सक्ने, सङ्क्रमणको जोखिम हुने हुन्छ। यसले गर्दा पछि गएर बच्चा बस्न नसक्ने समस्या निम्तिन सक्छ अर्थात् बाँझोपनसमेत हुन सक्नेहुन्छ।

नेपालमा असुरक्षित गर्भपतनलाई अन्त्य गर्न कत्तिको सम्भव छ ?
सबै जना एकजुट भएर लागि पर्यो भने त यो सम्भव छ। सन् २०१६ को डेटालाई हेर्दा पहिला भन्दा अहिले यो समस्या धेरै नै कम भएको छ। गर्भपतनलाई रोक्नु परिवार र राज्यको दायित्त्व हो। यो विषयमा जनचेतना फैल्याउनु आवश्यक छ। मुख्य कुरा पहिला आफैँमा असुरक्षित गर्भपतन गराउनु हुँदैन। सुरक्षित ठाउँमा गर्नुपर्छ भन्ने ज्ञान हुनु अति आवश्यक छ। पछिल्लो १० वर्षमा जुन परिवर्तन आएको छ, त्यो सकारात्मक छ।

किशोर अवस्थामा बिहे नभई धेरै असुरक्षित गर्भपतन भएका छन्। यसमा के गर्न सकिन्छ ?
किशोर किशोरीको स्वास्थ्यको लागि विभिन्न कार्यक्रम छन्। त्यसको दायराभित्र कसरी ल्याउने ? हाम्रो उद्देश्य भनेको गर्भपतन गर्ने अवस्था नै नआओस् भन्ने हो। त्यसको लागि परिवार नियोजनको साधनको उपलब्धता हुनुपर्छ। उहाँहरूले जति बेला खोज्छन्, त्यति बेला त्यहाँ उपलब्धता भयो भने यो समस्या अलि घट्छ। सकेसम्म २० वर्ष भन्दा कम उमेरमा यौन सम्बन्ध नै राख्नु हुँदैन।

असुरक्षित गर्भपतनलाई रोक्न कसको भूमिका कस्तो हुनुपर्छ ?
पहिलो कुरा त परिवार भित्र महिलाले म यो असुरक्षित गर्भपतनमा जान्न भन्नुपर्छ। त्यसपछि उसको परिवारले पनि उसलाई साथ दिनुपर्छ। यदि परिवारले उसलाई बुझ्छ भने असुरक्षित गर्भपतन कम हुन्छ। राज्यबाट पनि असुरक्षित गर्भपतन गर्ने सुविधा प्राप्त गराउनुपर्छ। गर्भपतन सुविधा निःशुल्क हुनुपर्छ। यदि शुल्क लाग्ने नै भए थोरै रकममा गर्भपतनको सुविधा दिन सक्नुपर्छ।

सुरक्षित गर्भपतन सम्बन्धी जान्नै पर्ने कुरा के हो ?
कुनै पनि महिलाले सकेसम्म गर्भपतन गर्नै नपरोस्। असुरक्षित गर्भपनमा नजाऔँ। सम्पूर्ण महिलाले परिवार नियोजनका साधनको प्रयोग गरौँ। सकेसम्म बच्चा नबसोस् केही गरी बसिहाल्यो भने सुरक्षित ठाउँमा गएर गर्भपतन गरौँ। असुरक्षित ठाउँमा गएर आफ्नो जिन्दगी बरबाद नगरौँ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ६ : ५९ बजे

राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोट पुगेका छन् । हिजोदेखि

क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’

काठमाडौँ– क्यानडा–११ विरुद्ध एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ ले

हल गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान

स्याङ्जा– स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान

बग्गी अगाडि, घोडा पछाडि

स्वर्गको एक भव्य रेष्टुराँमा एकदिन विचित्रको घट्ना घट्यो। त्यसदिन रेष्टुराँको

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा

तनहुँ– बन्दीपुर गाउँपालिका–४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई