तिहारको मुखमा कृत्रिम फूलमा बन्देज लगाएपछि साना व्यापारी पीडित | Khabarhub Khabarhub

तिहारको मुखमा कृत्रिम फूलमा बन्देज लगाएपछि साना व्यापारी पीडित


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहारको  मुखमा कृत्रिम फूलमा बन्देज लगाएपछि साना व्यापारी पीडित भएका छन् । दुईतीन दशक अगाडिदेखि चलिआएको यस्ता फूलको बिक्री वितरणमा रोक लगाएपछि साना व्यापारीहरूले हारगुहार गर्न थालेका छन् । 

आफ्नो चलअचल सम्पत्ति बैंकमा धितो राखी बैंकलाई चरम ब्याज तथा शुल्क तिरी लिएको ऋणबाट आयात गरेको यस्ता सामानहरू बिक्रीबितरण गर्न सरकारले रोक लगाएपछि त्यसबाट बैकको ऋण र त्यसको ब्याज कसरी भुक्तान गर्ने हो रु भनेर उनीहरु प्रश्न गर्न थालेका छन् । तिहारलगायतका बेलामा त्यसको विकल्प नभएको सम्बन्धित व्यवसायीहरूको दुखेसो छ । अतः राज्यस्तरबाट आम ब्यवसायीप्रति समान व्यवहार होस् भनी यस व्यवसायसँग सम्बन्धित सबै ब्यवसायीकोतर्फबाट सरकारसँग हार्दिक अनुरोध गरेका छन् । 

‘फूल आफैमा एउटा सुन्दर शब्द हो र यसको सजावटबाट हने आर्कषणबारेमा जानकार नभएको भने सायद कोही नहोला,’ एकजना साना व्यापारी पुजन ट्रेड्सका प्रोपाइटर प्रकाश खड्काले भने, वर्तमान समयमा त यसको प्रयोग विश्वभरका अन्तराष्ट्रिय विमानस्थल, होटल, रेष्टुरेन्टलगायत ठूलाठूला सहर बजारहरू यस्ता फूलहरूबाट सजावट गरी आकर्षित गर्न होडबाजी नै भएको छ । यो कुरा जो कोहीले जहाँपाई त्यही यस्तो दृश्य देख्न सकिन्छ ।’ 

प्लाष्टिकबाट नभई कपडा तथा अन्य पदार्थबाट मित्र राष्ट्र चीनमा उत्पादन हुने यस्ता फूलहरू विश्वका सबै देशहरूमा निर्बाध रुपमा बिक्री बितरण भैरहेको र पटकपटक सफा गर्दै लामो समयसम्म प्रयोग गर्न मिल्ने यस्ता कृत्रिम फूलहरू प्राकृतिक फूल भन्दा सायौ गुणा सस्तो पर्ने अर्का साना व्यापारी केदार श्रेष्ठले बताए । यस्ता कृत्रिम फूलहरु नेपालको होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा निजी घरमासमेत यस्ता फूलहरूले सजावट गरेको सर्वविदित भएको उनको भनाई छ । 

नेपालमा पनि देशभर हजारौं व्यवसायीहरूले यस्ता फूलहरू व्यवसाय गरी आफ्नै देशमा रोजगारको सृजना गरेको बताइन्छ । देशको नीति नियमभित्र रही आयत गर्न व्यावसायीहरूले राज्यको नीति अनुसार राजश्व र व्यवसायीहरूले राज्यलाई कर तिरेकै अवस्थामा यस्तो निर्णय हुनु दुखद भएको अर्का व्यापारी धिरन शाहले बताए ।

राज्यलाई कही कतैबाट पनि अहित नहुने र विश्वको कुनै पनि देशमा प्रतिबन्ध नभएको यस्ता फूलहरूलाई नेपालमा भने अपव्याख्या गरी यस्ता बस्तुहरुमा राज्यले किन र कसका लागि प्रतिबन्ध भएको भनी उनको प्रश्न छ । नेपाल सरकारसँग सम्बन्धित सरोकारवालाहरूले अनुसन्धान गरी यसको यर्थात रुप जनतासमक्ष ल्याउन जरुरी भएको उनको माग छ । 

विश्वको कुनै पनि जनप्रेमी सरकारले प्रचलनमा आइरहेको कुनै पनि आयातित सामानहरू आफ्नो मुलुकको लागि अहित हुने देखेमा त्यस्ता बस्तुको आयात तथा बिक्रीमा सम्बन्धित व्यवसायीहरूलाई एउटा समय सिमा दिएर मात्र रोक लगाउने एउटा सम्मानित नियम नै हुन्छ, अर्का व्यापारी देभिद श्रेष्ठले भने, तर हाम्रो देशमा देशको नीतिनियमभित्र रही एल.सि-टि.टि. को माध्यमबाट आयत भई राज्यलाई भन्सार महसुल तिरी ल्याएको सामानहरू पूर्ण रुपमा बिक्रीबितरण र भण्डारणसम्म गर्न नपाउने यस्तो पासविक निर्णय किन र कसको लागि गरेको छ रु यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने यी बस्तुसँग सम्बन्धित व्यवसायको माग रहेको उनी बताउँछन् । 

सामान्य रुपमा प्लाष्टिकको प्रयोग विश्वको जुनसुकै मुलुकमा पनि हुन्छ । मानिसले खाने पानीका बोटल वा भान्छामा प्रयोग हुने प्लास्टिक चम्चा होस, बच्चाहरूलाई दिइने खेलैना किन नहोस् वा हाम्रै दैनिक जीवनमा प्रयोग हुने अधिकांश बस्तुहरूमा प्लाष्टिकको प्रयोग हुन्छ नै । यस्ता बस्तुहरू हाम्रो देशमा पनि निर्वाध रुपमा आयत भएकै छ्न

 फूल  पनि त्यस्तो एउटा बस्तु हो, जुन कपडाबाट बनेको हुन्छ र त्यसलाई बिभिन्न रुपमा आकार प्रकार दिन अन्य सहायक पर्दाको प्रयोग गरिन्छ । तर नेपाल सरकारको केही विभाग तथा मन्त्रालयले वास्तविक कपडाले बनेको  फूललाई छाँयामा पारी त्यसलाई आकार प्रकार दिनको लागि प्रयोग हुने केही सामान्य पदार्थलाई चाहि वास्तविक बस्तु हो भनी अत्यन्त लज्जास्पद अपव्याख्या गरेको उनीहरूको आरोप छ ।

त्यस्ता बस्तुको व्यवसाय बन्द गर्दा एकातिर राज्यलाई आउने राजश्व प्रभावित भएकै छ भने अर्कोतिर यस्ता व्यवसायी रोजगारको लागि विदेश पलायनको स्थितिमा पुर्‍याइदिएको उनीहरूको भनाई छ । राज्य र व्यवसायीले दुवैको लागि अहित हुने र राज्यस्तरबाट यस्ता ब्यवसायप्रति कारवाही हुने भनी कार्तिक २ मा गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा गरेको बैठकको सूचना राज्यस्तरबाट नभई कसैको दबाबमा भएको उनीहरूको ठहर छ । 

चाडपर्वको मुखमा हुने अनुगमनको नाममा बजार आतंक गरी जरिवाना गर्ने, फ्लोरिकल्चर व्यवसायसँग सम्बन्धित सबै व्यवसायीहरूको मोबाइलमा सरकारी अनुगमन कहाँ र कहिले हुँदै छ भन्ने फ्लोरिकल्चर एसोसिएसन नेपालले आफ्ना व्यवसायीहरूलाई म्यासेज गरी सर्तक गराउनु यो एउटा संयोग हो या त्यस्ता व्यवसायी र विभागको अप्रवृत्ति गठबन्धन हो रु उनीहरूको सामूहिक भावना छ, यसमा छानबिन हुन आवश्यक भएको महसुस गरेको छौ । 

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ९ : ४४ बजे

अमेरिकाद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

वाशिङ्टन – युक्रेनमा रुसले विशेष सैन्य कारबाही शुरु गरेको दोस्रो

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच

मकवानपुरमा पर्खालले च्यापिएर एक जनाको मृत्यु

मकवानपुर – खानेपानीको काम गर्ने क्रममा मकवानपुरको हेटौँडामा आज एकजनाको

३४ विमानस्थलमा नेपाल टेलिकमको ‘फ्री वाइफाइ’

काठमाडौं । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ

शिक्षाबिना विकासको कल्पना गर्न सकिँदैन : मुख्यमन्त्री चौधरी

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिक्षाबिना देश विकासको