व्यावहारिक सीपका लागि विद्यालयमा फूल खेती | Khabarhub Khabarhub

व्यावहारिक सीपका लागि विद्यालयमा फूल खेती


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मलेखु– अघिल्लो वर्षसम्म वनमारा र कुरोले ढाकिएको चौरमा अहिले ढकमक्क सयपत्री र मखमली  फुलेको छ । विद्यालय भवन वरपरका खाली जमिन अहिले फूलैफूलले ढाकिएको छ । शिक्षक र विद्यार्थी पनि फूलको हेरचाहमा तल्लिन छन् । यहाँका शिक्षक तथा विद्यार्थीहरू भन्छन् ‘फूल खेती हाम्रो आम्दानीको श्रोत मात्रै होइन, व्यवहारिक र सैद्धान्तिक ज्ञान प्राप्तिको अवसर पनि हो ।’

धादिङको ज्वालामुखी गाउँपालिका–५ मा रहेको बालादेवी माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीले पढ्दै कमाउदै कार्यक्रमअन्तर्गत विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका हुन् । कक्षाकोठाको पढाई सँगसँगै फूलखेतीमा रमाइरहेकी विद्यार्थी अस्मिता कुमाल भन्छिन्, ‘फूल खेतीबाट हामीले व्यवहारिक ज्ञान पनि सिकेका छौँ ।’

गत वर्षदेखि स्थानीय तहको सहयोगमा सुरु गरिएको पढ्दै कमाउदै कार्यक्रमअन्तर्गत विद्यालयमा यो वर्ष तिहारलाई लक्ष्य गरेर फूल खेती गरिएको हो । दसैँ–तिहारको बीचमा प्राय सामुदायिक विद्यालय बन्द भएपनि यो विद्यालयको पढाई निरन्तर चलिरहेको छ । विद्यालय बन्द गर्दा फूलको हेरचाहमा कमी हुने र विद्यार्थीको पढाइमा पनि असर पर्ने भएकोले निरन्तर कक्षा सञ्चालन गरिरहेको विद्यालयका प्राधानाध्यापक शिवलाल श्रेष्ठले बताए ।

पन्ध्र हजार सयपत्री र पाँच हजारभन्दा धेरै मखमलीका बिरुवा रोपिएका छन् । यसले विद्यालयलाई आम्दानी बढाउनाका साथै कक्षाकोठामा किताबी ज्ञान मात्र लिने विद्यार्थीलाई व्यवहारिक शिक्षा पनि दिलाएको छ । 

‘विद्यालय सुधार योजना बनाउँदा नै फूल खेती र तरकारी खेती गर्ने कुरा समावेश गरेका थियौँ । त्यसैअनुसार वडा कार्यालयले रु दुई लाख बजेट पनि छुट्याइदिएको छ’, उनले भने, ‘त्यसले अझ हौसला बढायो । फूल खेतीले यो वर्ष रु तीन लाखभन्दा बढी आम्दानी लिने लक्ष्य लिएका छौँ ।’

फूल खेतीले स्थानीय पाठ्यक्रमलाई पनि सहयोग पुर्‍याएको छ । विद्यालय परिसरमा ढकमक्क फुलेको फूलले आकर्षण त थपेको छ नै यसबाट हुने आम्दानीले विद्यालयमा हुने अतिरिक्त शैक्षिक गतिविधिमा पनि सहयोग पुगेको छ ।

आठदेखि दश कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई दैनिक केही समय उपार्जनको काममा सहभागी गराउँदै आइएको छ । यसले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा दिलाएर आफ्नो घर र  पनि काम गर्न र अरुलाई सिकाउन सकोस् भन्ने उद्देश्यले पनि विद्यार्थीहरुकै सहभागितामा फूल खेती गरिएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।

पढ्दै कमाउँदै कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई सिर्जनशील बन्न त मद्दत गरेको छ नै जताततै बाँझो हुँदै  गएको जमिनलाई अम्दानीसँग जोड्न र युवालाई स्वदेशमै आयआर्जनमा लाग्न प्रेरितसमेत गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ११ : ४५ बजे

‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक’ 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा

भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो

काठमाडौं- आफ्नो एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी

वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने

द्वन्द्वका कारण भारतका दर्जनौं विमानस्थल बन्द

एजेन्सी– पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र

गौतमबुद्धका दर्शनको उपयोग गर्न आवश्यक : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा