श्रीलङ्का सरकारद्वारा क्रिकेट बोर्ड बर्खास्त « Khabarhub

श्रीलङ्का सरकारद्वारा क्रिकेट बोर्ड बर्खास्त


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्का सरकारले त्यहाँको क्रिकेट बोर्डलाई बर्खास्त गरिदिएको छ । त्यहाँका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका हुन् ।

व्यापक भ्रष्टाचारको आरोपसँगै महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ । श्रीलङ्काको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको खेलमन्त्रीको कार्यालयले जनाएको छ ।

कोलम्बोमा मन्त्री रणसिङ्घले भने, “पूर्वकप्तान रणतुङ्गा क्रिकेटलाई पुनरजीवन दिन सबैभन्दा उपयुक्त व्यक्ति हुनुहुन्थ्यो, टिमलाई राम्रो प्रदर्शन गराउनु प्राथमिकता हो ।” उनले भ्रष्टाचारको अनुसन्धानमा सहयोगका लागि सात सदस्यी प्यानलमा तीन जना न्यायाधीशलाई समावेश गरिएको जानकारी दिए । रणतुङ्गाले क्रिकेट पुनरनिर्माणको चुनौती स्वीकार गरेको बताए । “श्रीलङ्का क्रिकेटलाई देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेको छ, म त्यो छवि परिवर्तन गर्न चाहन्छु”, उनले भने ।

बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डि सिल्भाले पदबाट राजीनामा दिएको एक दिनपछि बोर्डलाई बर्खास्त गरिएको हो । गत साता विश्वकपमा आयोजक भारतसँग श्रीलङ्काको तीन सय दुई रनको हारपछि मन्त्री रणसिङ्घेले सार्वजनिक रूपमा सम्पूर्ण बोर्डको राजीनामा मागेका थिए । मुम्बईमा भारतको तीन सय ५८ रनको स्कोरलाई पछ्याउँदा श्रीलङ्का एक समयमा १४–६ को स्थितिमा थियो र ५५ रनमा अलआउट भयो ।

यो विश्व कपको इतिहासमा चौथो सबैभन्दा कम स्कोर हो । उक्त हारपछि सार्वजनिक आक्रोश बढेसँगै शनिबार आक्रोशित विरोध प्रदर्शन भएपछि कोलम्बोमा बोर्डको कार्यालयबाहिर प्रहरी परिचालन गरिएको थियो । मन्त्री रणसिङ्घेले श्रीलङ्का क्रिकेट अधिकारीहरूलाई पदमा बसिरहने कुनै नैतिक अधिकार नभएको बताए ।

उनले बोर्डमाथि ‘देशद्रोही र भ्रष्ट’ भएको आरोप लगाउँदै भने, “तिनीहरूले स्वेच्छिक राजीनामा दिनुपर्छ ।” श्रीलङ्काले सोमबार बङ्गलादेशसँग खेल्दैछ । विश्वकपको अन्तिम चारमा आफ्नो स्थान बनाउन उसलाई गणितीय चमत्कारको आवश्यकता छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ३ : ०९ बजे

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई