रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण तीव्र « Khabarhub

रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण तीव्र


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले भूकम्प प्रभावित वडामा राहत सामग्री वितरणलाई तीव्र गति दिएको छ । पालिकाको वडा नं १, २ र ४ का  भूकम्पपीडितलाई राहत वितरणमा तीव्रता दिएको हो ।

हालसम्म प्रभावित तीनवटा वडामा एक सय ४३ त्रिपाल, म्याट दुई सय, कम्बल दुई सय २५, डोरी दुई सय रोल, चामल आठ सय ७५ किलो बाँडिएको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिङ घर्तीले जानकारी दिए । त्यस्तै, एक क्विन्टल दाल, एक सय ५० लिटर तेल, नुन ८२ किलो, चिउरा ६ बोरा, बिस्कुट २८ पेटी र चाउचाउ एक सय ११ पेटी राहतका रुपमा पीडितलाई वितरण गरिएको प्रवक्ता घर्तीले जानकारी दिए ।

हालसम्म सानीभेरी गाउँपालिकालाई विभिन्न ११ सङ्घसंस्था तथा व्यक्तिले सहयोग गरेको गाउँपालिकाले जनाएको छ । सहयोग आउने क्रम जारी रहेको र पीडितलाई राहत वितरणको काम पनि चलिरहेको प्रवक्ता घर्तीले जानकारी दिए ।

सानीभेरीमा गत शुक्रबार गएको भूकम्पमा १२ जनाको मृत्यु हुनाका साथै भौतिक संरचनामा पनि ठूलो क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ७ : ४२ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी