मधेस प्रदेशले संघीय सरकारविरुद्ध दबाबमूलक कार्यक्रम गर्ने « Khabarhub

मधेस प्रदेशले संघीय सरकारविरुद्ध दबाबमूलक कार्यक्रम गर्ने


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – संविधानअनुसार साझा तथा एकल अधिकारको कार्यान्वयनको माग गर्दै मधेस प्रदेश सरकारले सङ्घ सरकारविरुद्ध दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवको आह्वानमा मन्त्रिपरिषद्का सदस्यसहित आज बसेको सर्वदलीय बैठकले अधिकारको माग गर्दै सङ्घ सरकारविरुद्ध काठमाडौँ केन्द्रित दबाबमूलक आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले जानकारी दिए ।

प्रदेश सरकारको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको एक वर्ष पुग्न लाग्दा पनि अधिकारको अभावमा प्रदेश सरकारलाई काम गर्न कठिनाइ भइरहेको र त्यसैलाई लिएर सङ्घीयतामाथि प्रश्न उठ्न थालेकाले अब अधिकारको अन्तिम लडाइँ लड्नुपर्ने निष्कर्षसहित दबाबमूलक आन्दोलन गर्न लागिएको मन्त्री समिमले बताए ।

मन्त्री समिमले भने, “विशेषगरी संविधानको साझा सूचीमा रहेका अधिकार दिन र प्रदेश सरकारले एकल अधिकारसँग जोडिएका आवश्यक कानुन निर्माण गरे पनि सङ्घ सरकारका कारण कतिपय कानुन कार्यान्वयन गर्न सकिएन । सङ्घ सरकारले प्रहरी समायोजना ऐन, निजामती कर्मचारी सेवा ऐन, वन र गुठी व्यवस्थापनसम्बन्धी अधिकार अहिलेसम्म पनि आफ्नै नियन्त्रणमा राखेर समस्या सिर्जना गरिरहेको छ । त्यसैकारण हामी आन्दोलनमा जान बाध्य भएका छौँ ।”

बैठकले पहिलो चरणमा सङ्घीय सरकारलाई समय तालिका तोकेर ज्ञापनपत्र बुझाउने र सो अवधिमा माग सम्बोधनको प्रयास नभए प्रदेश मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यसहित राजनीतिक दलहरुले काठमाडौँमा धर्ना लगायतका कार्यक्रम गर्ने समझदारी गरेको नेकपा (एमाले) मधेस प्रदेशसभाका प्रमुख सचेतक लखन दास तत्माले बताए ।

“फेरि पनि छलफलमा बस्ने र आन्दोलनका रणनीति निर्माण गर्ने समझदारी भएको छ । सम्भवतः तिहारअघि नै सबै दबाबमूलक आन्दोलनका कार्यक्रम घोषणा गर्छौं”, प्रमुख सचेतक दासले भने, “औपचारिक रुपमा सङ्घीयता कार्यान्वयनमा आएको छ वर्ष बित्न थालिसक्यो तर अहिले पनि अधिकारको विकेन्द्रीकरण गर्न सङ्घ सरकार तयार छैन । त्यसैकारण यो पटक निर्णायक आन्दोलन गर्ने हाम्रो तयारी हो ।”

प्रदेश सरकारको पहिलो कार्यकालमा पनि प्रदेश सरकारका मन्त्रीहरुले अधिकारको माग गर्दै केही दिन अनशनलगायत आन्दोलन र सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा विभिन्न विषयमा छवटा मुद्दा दायर गरेको थियो ।

संविधानले दिएको अधिकार प्रयोग गर्दै मधेस प्रदेश सरकारले प्रदेश प्रहरी ऐन, २०७७, प्रदेश निजामती सेवा ऐन २०७७ ल्याइसलगायत प्रहरी र कर्मचारी प्रशासनसँग सम्बन्धित ऐन, नियम बनाए पनि सङ्घीय सरकारले सोसम्बन्धी कानुन नल्याएका कारण कार्यान्वयनमा आउनसकेको छैन । प्रदेश सरकारले प्रहरी समायोजन, सङ्घीय निजामती ऐन जारी गर्न र गुठी र वनसम्बन्धी सङ्घीय ऐन निर्माण तथा संशोधन गरी सोसम्बन्धी सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिनुपर्ने अडान राख्दै आएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ८ : २३ बजे

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन माग

काठमाडौं – नेकपा (एमाले)ले शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा

निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ सङ्गठन योङ

ट्रम्प मार्च अन्तिममा चीन जाने

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन्

नवलपरासी पूर्वमा नमुना मतदान अभ्यास

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यही फागुन २१ गते हुने प्रतिनिधिसभा

आजका समाचार : दलको घरदैलो तीव्र, रास्वापाले चुनाव भाँड्न खोजेको एमालेको आरोप, रौतहटमा झडप र एआई सम्मेलन निष्कर्षविहीन

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन