एनसेलको शेयर खरिदबिक्रीबारे लेखा समितिले आज छलफल गर्ने « Khabarhub

एनसेलको शेयर खरिदबिक्रीबारे लेखा समितिले आज छलफल गर्ने


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिदबिक्री प्रकरणबारे आज छलफल गर्ने भएको छ ।

दिउँसो २ बजे बस्ने बैठकमा एनसेलको ८० प्रतिशत शेयर खरिदबिक्री हुँदा समेत नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले छलफल गर्न लागेको हो ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर मलेसियन कम्पनी अजियाटाले पाँच करोड डलरमा साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने सहमति भएको छ ।

एनसेल शेयर खरिदबिक्री प्रकरणमा सरकारले गम्भीर चासो व्यक्त गरिरहेको छ । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न सञ्चार माध्यमका सम्पादक, गठबन्धन दलका शीर्ष नेता, सरकारका मन्त्री तथा सरोकारवाला निकायसँग छलफल गरिरहेका छ ।

प्रधानमन्त्री दाहालले हिजो साँझ मात्रै गठबन्धन दलका नेताहरूको बैठक राखेका थिए । बैठकले एनसेलको शेयर खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : १८ बजे

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति