एनसेलको शेयर खरिदबिक्रीबारे लेखा समितिले आज छलफल गर्ने « Khabarhub

एनसेलको शेयर खरिदबिक्रीबारे लेखा समितिले आज छलफल गर्ने


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिदबिक्री प्रकरणबारे आज छलफल गर्ने भएको छ ।

दिउँसो २ बजे बस्ने बैठकमा एनसेलको ८० प्रतिशत शेयर खरिदबिक्री हुँदा समेत नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले छलफल गर्न लागेको हो ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर मलेसियन कम्पनी अजियाटाले पाँच करोड डलरमा साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने सहमति भएको छ ।

एनसेल शेयर खरिदबिक्री प्रकरणमा सरकारले गम्भीर चासो व्यक्त गरिरहेको छ । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न सञ्चार माध्यमका सम्पादक, गठबन्धन दलका शीर्ष नेता, सरकारका मन्त्री तथा सरोकारवाला निकायसँग छलफल गरिरहेका छ ।

प्रधानमन्त्री दाहालले हिजो साँझ मात्रै गठबन्धन दलका नेताहरूको बैठक राखेका थिए । बैठकले एनसेलको शेयर खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : १८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी