जाजरकोट भूकम्प : मृतकका आफन्तलाई बीमाबापतको रकम दिन सुरु | Khabarhub Khabarhub

जाजरकोट भूकम्प : मृतकका आफन्तलाई बीमाबापतको रकम दिन सुरु


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

जाजरकोट–  कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ । 

नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए। उनका अनुसारप्रति मृतक दुई लाखका दरले रकम वितरण गरिएको हो । 

क्रमशः सबै पालिकामा गएर अबको तीनरचार दिनमा बिमाबापतको रकम वितरण गरिसक्ने जिसीले बताएका छन् । प्रदेश सरकारले कर्णालीमा बसोबास गर्ने नागरिकका लागि यसअघि नै प्राकृतिक दुर्घटना बीमा गर्ने कार्यक्रम अघि सारेको थियो । सोही कार्यक्रमअन्तर्गत बीमा रकम वितरण गरिएको हो ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ५० भन्दा बढीको मृत्यु भएको थियो । ‘हामीले एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृतकका परिवारलाई रू आठ लाख रकम दिने गरेका छौँ’, जिसीले भने, ‘चाँडो रकम वितरण गरेर मृतक परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यसहित हामीले रकम वितरण सुरु गरेका हौँ ।’

वितरण कार्यमा मन्त्री जिसीसहित बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी पनि सहभागी रहेका छन् । प्रदेश सरकारले सार्वजनिक संरचना निर्माण तत्काल सुरु गर्ने निर्णय गरेको छ । भूकम्पबाट प्रभावित खानेपानी, बाटो, विद्यालय, स्वास्थ्य चौकी, सिँचाइका योजनामा क्षति पुगेको थियो ।

ती योजना प्रदेश सरकारले विनियोजन गरेको रू एक अर्बबाट मर्मत सम्भार गरिने जनाइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १२ : ४९ बजे

लाइसेन्समा मद्रासीको एकाधिकार, नेपालमा हाहाकार

काठमाडौं– सरकारी सेवाका लागि जनताले लाइनमा बस्नुपर्दैन भनेर गफ चुट्ने

पाकिस्तानमा अहमदिया समुदायका दुई जनाको गोली हानी हत्या

काठमाडौँ– पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया समुदायका दुई जनामाथि गोली प्रहार भएको

पार्टीमा वैचारिक मतभेद छैन : अध्यक्ष नेपाल

काठमाडौं– नेपाल  कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले

बर्लिनमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

बर्लिन– जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा

अर्थसंक्षेप : घरजग्गाको कारोबार बढेदेखि पुँजीगत खर्चमा सुध्रिएन सरकारसम्म

काठमाडौं– गत वर्षको तुलनामा २०८१ जेठ महिनामा घरजग्गाको कारोबार केही