बागलुङ बसपार्क प्रयोगविहीन  « Khabarhub

बागलुङ बसपार्क प्रयोगविहीन 


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङबजारमा दिनप्रति दिन सवारी साधनको चापले ट्राफिक व्यवस्थापन चुनौती बनेको छ । बजारभन्दा नजिकै उपल्लाचौर दवगरामा बनेको सुविधासम्पन्न बसपार्क भने प्रयोगविहीन छ । बसपार्क निर्माण भएको दुई वर्ष पूरा भइसक्दा पनि बसपार्क कहिले सञ्चालनमा आउँछ भन्ने पत्तो छैन । 

नगर विकास कोषबाट करोडौँ ऋण लिएर बसपार्क निर्माण गरिएको थियो । अहिलेसम्म उक्त ऋण  चुक्ता भइसकेको छैन । नगरपालिकाले हरेक वर्ष करिब ६० लाख भुक्तानी गर्दै आएको छ । निर्माण सम्पन्न भएको बसपार्क वर्षौंसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ । बसपार्क सञ्चालनमा नआउँदा एकातिर बजारमा यात्रु र स्थानीयले सास्ती खेप्नुपरेको छ भने अर्कोतिर बसपार्क प्रयोगबिना नै भत्किने जोखिम बढेको छ । 

पाँच वर्षअगाडि ठेक्कामा गएको बसपार्क विसं २०७८ मा निर्माण सम्पन्न भएको थियो । पाँच दशमलव पाँच प्रतिशत ब्याजमा २० वर्षभित्र असुल गर्ने गरी नगर विकास कोषले विसं २०७४ मा रु नौ करोड चार लाख ३९ हजार ऋण नगरपालिकालाई दिएको थियो । 

दुई वर्षअगाडि निर्माण भएको बसपार्कको अहिले पार्किङस्थलको कालोपत्र उप्कन थालेको छ । उपल्लाचौरमा निर्मित बसपार्क पहुँच मार्ग नबनेका कारण सञ्चालनमा ढिलाइ भइरहेको छ । बसपार्क जोड्न एक सय मिटर सडक बनाउनुपर्दछ । बसपार्क सञ्चालनमा आए सटर भाडामा दिएर राम्रो आम्दानी गर्न सकिने भए पनि दुई वर्षदेखि सञ्चालनमा नआउँदा नगरपालिकाले ठूलो आम्दानीको स्रोत गुमाइरहेको छ । 

सुरुको लागत रकम रु सात करोड ६६ लाख ९९ हजार ७४ रहे पनि पहिलो ‘भेरियसन’बाट एक करोड १३ लाख ६० हजार पाँच सय २० थप भएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै आठ करोड ८० लाख ६४ हजार एक सय ९८ को बिल पेस गरेको थियो । कम्पनीले स्वीकृत गरिएको भन्दा ४० लाख ७० हजार नौ सय ७४ बिल भुक्तानी गरेको भए पनि बागलुङ नगरपालिकाले हालसम्म आठ करोड ८३ लाख एक हजार नौ सय ९४ भुक्तानी गरिसकेको छ । 

नगर विकास कोषबाट लिएको ऋण र नगरपालिकाको आफ्नै स्रोतबाट गरी सो रकम भुक्तानी गरिएको छ । नगरपालिकाले नगर विकास कोषलाई अझै रु छ करोड ४३ लाख सात हजार तीन सय १५ भुक्तानी गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । बसपार्क सञ्चालनका लागि प्रयास भइरहेको नगर उपप्रमुख राजु खड्काले बताएका छन् । स्थानीय र जग्गादातासँग सहमति जुटाएर पहुँचमार्ग व्यवस्थित गरी सञ्चालन गरिने उनको भनाइ छ । 

बसपार्क निर्माणका लागि स्थानीय २२ परिवारले साढे १७ रोपनी जग्गा नगरपालिकालाई निःशुल्क दिएका थिए । विसं २०५७ देखि बसपार्कका लागि जग्गा व्यवस्थापन गर्न थालिएको थियो । बसपार्कका लागि दिइएको जग्गाबाहेकको १२ रोपनीमा बस्ती नक्सांकन, सडक, ढल, नाली, पानी, बिजुलीजस्ता पूर्वाधार निर्माणको काम पनि बाँकी नै छ । 

जग्गा व्यवस्थापन तथा विकास समितिसँग भएको सम्झौताअनुसार नगरपालिकाले ती पूर्वाधार बनाई दिनुपर्ने समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताएका छन् । नगरपालिकाले आफूहरूसँग गरेको १२ बुँदे समझदारीलाई पालिकाले कार्यान्वयन गर्नुपर्ने उनले बताए । बसपार्कमा ५० ठूला बस र १० साना बस अट्ने क्षमता छ । सो बसपार्कमा टर्मिनल भवन, व्यापारिक भवन, टिकट कक्षलगायत संरचना बनाइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १ : ०५ बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा