ब्राउनसुगरसहित चार जना पक्राउ « Khabarhub

ब्राउनसुगरसहित चार जना पक्राउ


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बढैयाताल गाउँपालिका-७ बाट एक जना र सोही गाउँपालिका-२ फुटाहाबाट तीन जना गरी चार जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत तीन जना रहेका छन् ।

प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ५ : ०० बजे

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा