शुक्रबारसम्म मौद्रिक नीतिको त्रैमासिक समीक्षा जारी हुन्छ : गर्भनर अधिकारी « Khabarhub

शुक्रबारसम्म मौद्रिक नीतिको त्रैमासिक समीक्षा जारी हुन्छ : गर्भनर अधिकारी


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबारसम्म मौद्रिक नीतिको त्रैमासिक समीक्षा जारी गर्ने बताएका छन् । 

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा गर्भनर अधिकारीले अर्थसचिव कृष्णहरी पुष्कर स्वदेश फर्किएपछि मौद्रिक नीतिको त्रैमासिक समीक्षा जारी गर्ने जानकारी दिएका हुन् । उनले राष्ट्र बैंक एक्लै अघि नबढ्ने भन्दै अर्थमन्त्रालयसंगको समन्वयको आधारमा नै अघि बढ्ने जिकिर गरे । मौद्रिक नीतिको कार्यान्वयनमा कुनै समस्या नरहेको उनले बताए ।

गभर्नर अधिकारीले अघिल्लो आर्थिक वर्षको असोजमा वाणिज्य बैकहरूको औसत आधार दर १०.३४ प्रतिशत रहेकामा २०८० असोजमा ९.९४ प्रतिशत, एकल अंकमा झरेको जानकारी दिए । २०८० असोजको मूल्यवृद्धि ७.५ प्रतिशत रहेको र सोही अवधिको अघिल्लो वर्ष भन्दा १ प्रतिशतले कम भएको उनले बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको र लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले घटेको बताएका छन् ।

उनले बाह्य क्षेत्रको सुधारसँगै बैंकिङ क्षेत्रको तरलतामा पनि सुधार भएको, मौद्रिक नीतिको लचक कार्यदिशा र तरलतामा आएको सुधारले अल्पकालीन र दीर्घकालीन व्याजदरहरू घटिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ६ : २६ बजे

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान