पोलियोविरुद्धको खोप बहिष्कार गर्न पाकिस्तानका जातीय अगुवाको उर्दी, नत्र ५ लाख जरिवाना « Khabarhub

पोलियोविरुद्धको खोप बहिष्कार गर्न पाकिस्तानका जातीय अगुवाको उर्दी, नत्र ५ लाख जरिवाना


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको उत्तरी वजिरिस्तानका जातीय अगुवाहरुले पोलियोविरुद्धको खोप अभियान बहिष्कार गर्न उर्दी जारी गरेका छन् । उत्तरी वजिरिस्तानमा उथमानजाइ समुदायका अगुवाहरुको भेला (जिर्गा) ले पोलियोविरुद्धको खोप अभियान बहिष्कार गर्ने घोषणा गरेको हो ।

उक्त जिर्गाले आफ्नो जिल्लामा विधिको शासन बहाल नभएसम्म, स्रोत साधनको समान वितरण प्रत्याभूत नभएसम्म र बेपत्ता पारिएका व्यक्तिहरु रिहा नभएसम्मका लागि खोप अभियान बहिष्कार गर्ने घोषणा गरेको हो ।

जिर्गाले बच्चालाई खोप लगाउने परिवारलाई जनही ५ लाख जरिवाना तिराउने निर्णय समेत गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

त्यसबाहेक ३० सदस्य रहेको उथमानजाइ जिर्गाले आफ्ना मागहरुबारे सम्बन्धित अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको जिर्गाका प्रवक्ता मुफ्ती बैतुल्लाहलाई उद्धृत गर्दै डनले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ४९ बजे

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ