चोरी गरेको आरोपमा दुई भारतीयसहित तीन जना पक्राउ « Khabarhub

चोरी गरेको आरोपमा दुई भारतीयसहित तीन जना पक्राउ


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रातको समयमा चोरी गरेको आरोपमा दुई भारतीयसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य समस्तिपुर जिल्ला घर भइ काठमाडौंको तिलगंगा बस्ने २१ वर्षीय कृष्ण पोदार, भारतको मोतीहारी जिल्ला राजापुर घर भइ तिलगंगामै बस्ने १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र काठमाडौंको नागार्जुन नगरपालिका ६ सितापाईलाका वर्ष ३० को बिक्रम गर्तौला रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो ।

गत मंसीर ५ गते राति गौशलास्थित बालकृष्ण श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना तथा नगद गरी १३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरी लगेको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १० : १३ बजे

यस्तो छ आजका फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

ढाका पुगेका जयशंकरले किन भेटेनन् यूनुसलाई ?

ढाका –  भारतका विदेशमन्त्री एस. जयशंकर र बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार

बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा

मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै

नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते

स्विट्जरल्याण्ड – दक्षिणी स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको स्की रिसोर्टको बारमा आगलागी